वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

राजापुरमा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रमा सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन १२, २०७५ ।    

मिन अधिकारी/राजापुर, बर्दिया।
राजापुरमा कर सम्बन्धी एक दिने अन्तरक्रिया  कार्यक्रमा सम्पन्न भएको छ । ‘सरकारलाई कर तिरौँ, सरल सुलभ र गु्णस्तरीय सार्वजनीक शिक्षा प्राप्तिका लागी खवरदारी गरौ’ भन्ने नाराका साथ सार्वजनीक गुणस्तरीय शिक्षाका लागि कर र शक्ति अभियान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सरोकारवालालाई कर सम्बन्धि जानकारी गराउने उदेश्यले कमैया महिला जागरण समाजले आयोजना गरेको सो अन्तक्रिया कार्यक्रममा बोल्दै राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरीले करनै राज्य सञ्चालनको मेरुदण्ड भएको र कानुनमा लेखिएका सबै कुरा व्यवहारमा उतार्न समय लाग्ने भएकोले सवैले हरेक क्षेत्रमा साझेदारी गर्नुपर्ने बताए । त्यस्तै नगरप्रमुख चौधरीले संविधानमा हरेक नागरिकलाई माध्यमिक तहसम्मको निःशूल्क शिक्षा हासिल गर्ने हक भए पनि स्थानिय तहले पूर्ण रुपमा व्यवस्था गर्न नसक्दा केही विद्यालयहरुले अभिभावकहरुबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नका लागि केही रकम लिने गरे पनि नगरपालिकाले छिट्टै अभिभावकहरुलाई परेको आर्थिक भारलाई कम गर्न उचित पहल गर्ने बताए ।
उक्त कार्यक्रममा सरकारले कर लिएपछि सेवाप्रदायक निकायबाट प्रदान गर्ने सेवा चूस्त, दूरुस्त, प्रभावकारि ,पारदर्शी र आर्थिक बिकासका निम्ति हूनूपछ्र्र भन्ने कार्यक्रममा सहभागि सरोकारवालाको भनाइ थियो ।
कर र न्यायोचित करको अबधारणको बारेमा साझा बूझाइको बिकास गर्न, न्यायोचित कर प्रणालीले गूणस्तरिय सार्बजनिक सेवामा पार्ने प्रभावका बारेमा जानकारी गर्न कार्यक्रमको आयोजना गरिएको आयोजक कमैया महिला जागरण समाजले जानकारी दिएको थियो । नेपालमा आम समूदाय भन्दापनि गरिब समूदाय दाहोरो कर तिर्नं बाध्य रहेका र त्यसलाई रोकथाम गर्नका लागि अभियान कै रुपमा अन्तरक्रिया सञ्चालन गरिएको सभाअध्यक्ष बिष्णू चौधरीले बताए । अन्तरक्रिया कार्यक्रम कमैया महिला जागरण समाज नेपालको आयोजनामा न्यू राजापूर कटेजमा गरिएको थियो । कार्यक्रमका सभाअध्यक्ष कमैया महिला जागरण समाज नेपालका अध्यक्ष प्रमूख अतिथि राजापूर नगर प्रमूख शिव प्रसाद चौधरी र अन्यअतिथिहरुमा बिभिन्न संध सस्थाका प्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि र १० वटै वडाका बडघरहरु गरि ३७ जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: