वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

मध्यपश्चिम सेवा समाज कुवेतको दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

          |   प्रकाशित मितिः शुक्रबार, अशोज २८, २०७३     ::: 313 पटक पढिएको   |  

दीपक आचार्य/कुवेत
नेपालीहरुको महान पर्व बिजया दशमीको अबसरमा मध्यपश्चिम सेवा समाज कुवेतले आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम ” आज फर्वानिया पार्कमा भब्य रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरु लगायत कुवेतमा कार्यरत मध्यपश्चिमेलिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रबासमा रहेर पनि आफ्नो चाड पर्वहरुमा खुशियाली र महत्त्वलाई कायमै राख्दै तथा आपसी मेलमिलापलाई अझै प्रगाढ बनाउने उदेश्यले उक्त कार्यक्रम गरिएको समाजका अध्यक्ष गणेश रावतले बताए ।
उपस्थित सबैले वरिष्ठ सदस्य धर्मराज उपाध्यायको हातबाट टिका ग्रहण गर्नुका साथै एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा आ-आफ्नै समस्या र बाध्यताले परदेशी भए पनि गाउघर,आफन्त र परिवारबाट टाढा हुनुको पिडालाई भुलेर एक आपसमा दसैको उत्साह र खुशीलाई उपस्थित सबैले सामुहिक रुपमा बांडेका थिए ।
News &Views
प्रतिक्रिया दिनुहोस्