वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

तिमी र नौलो विश्व (कविता)

          |   प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७१     ::: 203 पटक पढिएको   |  
– बि पी अस्तु (कैलाली)

काँटीको टुप्पो
पिपलको बियाँ
आँखाको नानी

पदार्थको अणु।

सलाइको काँटीको टुप्पोलाइ
निमोठेर धुल्याउन पनि सकिन्छ
कोरेर चुरोट सल्काउन पनि सकिन्छ
पड्काएर नानीलाइ तर्साउन पनि सकिन्छ
जलाएर कसैलाइ खरानी पार्न पनि सकिन्छ
र,
जलाएरै मैनबत्ती बाल्न पनि सकीन्छ।

हे युवा ,
तिमी पनिे काँटीको टुप्पो हौ
तिमी
निमोठीने की
कोरिने की
पड्कीने की
खरानी पार्न जल्ने की
उज्यालो पार्न जल्ने
आफै निर्णय गर।

पिपलको बियाँ
कसैलाइ त हेर्न पनि शुक्ष्मदर्शक यन्त्र चहिएला
त्यसैले सीत्तीमीत्ती पर्दैन उ कसैको नजरमा
चाहे चराले खाएर ढुङ्गामाथि बिस्ट्याओस्
चाहे नदिले बगाएर बगरमा पछारोस्
उ उमिन्छ, उम्रियो भने यसरी फैलिन्छ
जति ठुला कद हुनेहरुको पनि भैदिन्छ
हे युवा,
तिमीपनि त पिपलको बियाँ हौ
आफैले आफैलाइ सानो नठान
हिन नठान
एक्लो नठान
बस उमिने्र प्रयास गर
हौसला बोकेर।

आाखाको नानि
हातहरुले हामि सुन्दर घर बनाउँला
खुट्टाहरुले सगरमाथा चुमौला
टाउकाले चमत्कार गरौँला
मुखले खाउँला र मिठो गाउँला
तर,
आँखाको नानी भएन भने
हाम्रो सुन्दर घर कसरी हेरौंला
सगरमाथाको उचाइ
मष्तिश्कको चमत्कार
अघाएपछिको दुनीयाँको रङ

गित सुनाएपछिको स्रोताको अनुहार
कसरी हेरौंला।

हे युवा,
तिमी पनि यो देशरुपि आँखाको नानि हौ
तिमी चै नहराइदेउ है आँखाबाट,

पदार्थको अणु
हिरा बलियो होइन त्यसको परमाणु बलियो हो
अझ परमाणु परमाणु बिचको एकता बलियो हो
उर्जा पदार्थको होइन त्यसको अणुको हो
जो छ आइन्स्टाइनले पनि धौ धौ अनुमान गरेका्े
अझै थुप्रै छन अणुहरु प्रयोगै नभएका
मौका पाए नयाँ दुनियाँ बनाउन पर्खिएका

हे युवा,
तिमी पनि प्रयोग हुन बाँकी अणु हौ
बनायौ भने तिमीबँटै नयाँ दुनियाँको जन्म हुनेछ
जहाँ सुदामाको ओठमा पनि मुस्कान हुनेछ। 

News &Views
प्रतिक्रिया दिनुहोस्