वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

परदेशीखबरले तेस्रो वार्षिक उत्सव मनायो; विभिन्न अवार्ड सहित सम्मान पत्र बितरण

          |   प्रकाशित मितिः शनिबार, अशोज २९, २०७३     ::: 314 पटक पढिएको   |  


असोज २९ । 
कुवेतबाट प्रकाशित हुने अनलाइ पत्रीका  परदेशीखबर डटकम ले आफ्नो तेस्रो वार्षिक उत्सव भब्य रुपमा मनायको छ । सत्य तथ्य सुचना र समाचार पस्किदै  देश तथा बिदेश का सम्पूर्ण पाठक हरुको मन जित्न सफल पत्रीका ले विभिन्न क्षेत्रमा योगदान पुर्यायका ब्यक्त्तिहरुलाइ सम्मान तथा परदेशी खबर युएइ एक्सचेञ्ज अवार्ड २०१६ समेत प्रदान गरेको छ ।
कार्यक्रम मा कुवेत स्थित नेपाली राजदुत यज्ञ बहादुर हमाल प्रमुख आतिथि र साथै उहाँकि धर्म पत्न्नी रिता हमाल  , एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष अर्जुन तामाङ, कोसेली छापा पत्रिकाका प्रधानसम्पादक नवराज पन्थी, युएई एक्सचेन्जका हेड अफ बगजिनेस डेभलप्मेन्ट म्यानेजर जोर्ज भर्गिस, पत्रकार महासंघ वैदेश्क शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, किरात राई योयोक्खा कुवेत शाखाका अध्यक्ष तथा समाजसेवी रमेश राई र हाम्रो सन्चार डटकमका सम्पादक युवराज बस्याल लगायत अतिथि रहनु भयको थियो भने  कार्यक्रम मा कुवेत स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु , पत्रकार , समाजसेबी , बुद्धिजिबि , कलाकार को बाक्लो उपस्थिति रहेको थियो।
राजदुत हमाललाई कार्यक्रम मा विषेश अभिनन्दन तथा  सम्मान गरिएको थियोे ।
प्यारागन रेष्टुरेन्ट, मुर्गाबमा आयोजित तेस्रो बार्षिकोत्सव  परदेशी खबर डटकमका प्रमुख कार्यकारी सम्पादक कोशराज राईको सभापतित्वमा सम्पन्न भएको थियो भने  कार्यकारी सम्पादक नैनकला राईले स्वागत मन्तब्य दिएको कार्यक्रमको उद्घोषण सम्पादकद्वय आकाश शेर्पा र दिलकुमार पाख्रीनले गरेका थिए।
संस्थागत सम्मानमा एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतलाई विभिन्न मानविय कार्यहरुमा अत्यन्तै ठूलो भुमिका निभाएकोले कदरपत्र तथा दोसल्लले सम्मान गरिएको थियो। खेल क्षेत्रमा बिशेष योगदान गरिरहेको मातृभूमि युवा क्लबका अध्यक्ष ऋषि थापामगरलाई पनि सम्मानपत्र र खादाले सम्मान गरिएको थियो। नेपाली समाज कुवेतभित्रकै सबैभन्दा ज्येष्ठ नागरिक जसले दूतावास स्थापना हुनुपुर्व  दुतावासको जस्तै भुमिका निभाइरहनु भएका ब्याक्तित्व मित्र सिंजालिलाई पनि ज्येष्ठ नागरिक सम्मान गरिएको थियो।
यसै गरी उत्कृष्ट ६ वटा बिधामा १० जना लाई परदेशी खबर / युएई एक्स्चेन्ज अवार्ड २०१६”  तथा प्रमाणपत्र र दोसल्ला सहित  सम्मान गरियको थियो जस्मा 
उत्कृष्ट पत्रकार पुरुष तर्फ सुरेश गुरुङ
उत्कृष्ट पत्रकार महिला तर्फ रजनी ढुंगाना
उत्कृष्ट समाजसेवी पुरुष तर्फ खोप गुरुङ
उत्कृष्ट समाजसेवी महिला तर्फ माया बिक
उत्कृष्ट साहित्य पुरुष तर्फ दिपक आचार्य “जलन”
उत्कृष्ट साहित्य महिला तर्फ जानकी दर्लामी
उत्कृष्ट गायन पुरुष तर्फ डिबि लोप्चन
उत्कृष्ट गायन महिला तर्फ इन्दिरा शाह
उत्कृष्ट व्यवसायी तर्फ चौतारी रेस्टुरेन्ट
मोस्ट भ्यालुएबल अवार्ड : राम बस्नेत रहनु भएका छ ।
यस्तै सभापतिको आसन बाट बोल्दै प्रमुख कार्यकारी सम्पादक कोशराज राई ले परदेशी खबर डटकमका प्रधान सम्पादक लामा भाइ (इस्टमान वाइबा तामाङ)
नेपालमा भएको कारण आफू कुवेतमा प्रमुख कार्यकारी सम्पादक रहि आजको कार्यक्रममा सभपतिको आसनग्रहण गर्न परेको स्पस्ट पार्दै प्रधान सम्पादक लामा भाई र संरक्षक सुरेश ग्याबा तामाङको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताए।
कार्यक्रम मा बीबी मल्ल, माधव शर्मा, डिबी लोप्चन, प्रेम कटवाल , राजु थापा र गायीका नुमा राई लगायताका गायक गायीकाहरु को साङितिक प्रस्तुती समेत रहेको थियो ।
     (फोटो – सुरेस गुरुङ )
News &Views
प्रतिक्रिया दिनुहोस्