वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

ओराली बजारमा स्वास्थ्य शिविर सम्पन्न: झन्डै ५०० जना लाभान्वित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस २७, २०७४ ।    

सानोश्री, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका-२, ओराली बजारमा बिहिबार बृहत स्वास्थ्य शिबिर सम्पन भएको छ । लायन्स क्लब अफ बर्दिया बढैयाताल गाउँपालिका, बांसगढी, भुरिगाउं र मगरागढी, लोमस फर्र्मासटिकल सस्थाको सहयोग, नेपालगन्ज मेडिकल कलेजको प्राबिधिक सहयोग तथा लायन्स क्लब अफ बर्दिया सानोश्री तारातालको आयोजनामा स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
जनरल मेडिसिन, बालरोग, सर्जिकल, चर्मरोग,स्त्रीरोग र अर्थो सम्बन्धी रोगहरुको उपचार भएको शिविरमा ४ सय ६६ जनाले स्वास्थ्य सेवा लिएको बताईएको छ । बर्दिया जिल्ला प्रमुख अधिकारी नारायण प्रसाद भट्टराई र जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले शिबिरको निरिक्षण गरेका थिए ।
लायन्स क्लबका डिस्ट्रिक गभर्नर मधुसूदन रिजालको प्रमुख आतिथ्यता मधुबन नगरपालिकाका नगर प्रमुख गणेश केसिको बिशेष आतिथ्यता रहेको शिविर कार्यक्रममा पुर्ब गर्भनर श्याम शाक्य , जीवन मल्ल, बालकृष्ण लामिछाने, होमनाथ अधिकारी, चंदादाता दमोदर अधिकारी, धर्मराज अधिकारीको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै आज बैदीस्थित विज्डम क्वालिटी स्कुलमा लाएन्स क्लब अफ सत्खलुवाको बिशेष आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्: