वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बर्दियामा राष्ट्रिय कबड्डी: आर्मी र पुलिसको वर्चस्व; भोली फाइनल

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ ।    

भुरिगाउँ, बर्दिया । बर्दिया जिल्लामा पहिलो पटक आयोजित २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगीताको तेस्रो दिन आज बुधबार पनि महिला तर्फ ५ र पुरुष तर्फ ३ खेल सम्पन्न भएका छन् ।
बुधबार महिला तर्फ नेपाल प्रहरी र शसस्त्र प्रहरीबिच भएको पहिलो खेलमा नेपा
ले २८ अंक प्राप्त गरेका छन् । त्यस्तै महिला कै अर्को खेलमा मध्यपश्चिमान्चलले ३० र मध्यमान्चलले ४० अंक प्राप्त गरेका छन् । महिलाहरुको बुधबार सम्पन्न तेस्रो खेलमा सुदुरपश्चिमान्चलले ३३ अकं प्राप्त गरेको छ भने शसस्त्र प्रहरीले २६ अकं प्राप्त गरेको छ । चौथो खेलमा नेपाली सेनाले ४९ अकं प्राप्त गरेको छ भने पश्चिमान्चलले २० अकं प्राप्त गरको छ । यसै गरी बुधवारै सम्पन्न महिला तर्फको अन्तिम खेलमा नेपाल प्रहरीले सर्बाधिक ५८ अकं प्राप्त गरि सेमिफाइलनमा प्रबेश गरेको छ भने पुर्वान्चलले २३ अकं प्राप्त गरेको छ ।
यसैगरि बुधबारै सम्पन्न पुरुष तर्फको पहिलो खेल शशस्त्र प्रहरी र पुर्वान्चलबिच भएको थियो । जसमा शशस्त्र प्रहरीले ४६ र पुर्वान्चलले २९ अकं प्राप्त गरेका छन । त्यस्तै पुरुष तर्फको दोस्रो खेलमा नेपाली सेनाले सर्बाधिक ६८ अकं प्राप्त गरि सेमिफाइलमा प्रबेश गरेको छ भने सुदुरपश्चिमान्चलले २४ अकं प्राप्त गरेको छ । बुधबार सम्
मान्चल र मध्यपश्चिमान्चलबिच भएको थियो । पश्चिमान्चलले ५१ अकं प्राप्त गरि सेमिफाइलनमा प्रबेश गरेको छ भने मध्यपश्चिमान्चलले २६ अकं प्राप्त गरी खेलबाट बाहिरीएको छ ।


यसैगरि भोली बिहिबार सेमिफाइलनमा प्रबेश गरेका पुरुष तर्फको पिहलो खेलमा नेपाली सेना र मध्यमान्चल चिबच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल पश्चिमान्चल र शशस्त्र प्रहरीबिच हुने मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए । त्यस्तै सेमिफाइलनमा प्रबेश गरेका महिला तर्फको पहिलो खेलमा नेपाली सेना र नेपाल प्रहरीबिच प्रतिस्पर्धा हनेछ भने दोस्रो खेल सुदुरपश्चिमान्चल र मध्यमान्चलबिच हुने भाटले बताए । लिगकम नकआउटको आधारमा खेलाइएको राष्ट्रिय कबड्डी प्रतियोगीतामा साविकका ५ बिकास क्षेत्रका ८ वटा टिम महिला र पुरुष , नेपाल आर्मी ,नेपाल प्रहरी ,र
र पुरुष गरी १५ वटा टिम सहभागी भएको अखील नेपाल कबड्डी संघका महासचीव विनोद प्रजापतीले बताए।पौष २४ गते सुरु भएको खेल २७ गते भोलीसम्म चल्ने र प्रतियोगीताबाट आगामी अगष्टमा इण्डोनेसियामा संचालन हुने एसियन कप प्रतियोगीताका लागि खेलाडी समेत छनौट गरिने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: