वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

विश्वसागरको ‘रुप रङके रानी हुईटो…’

        भगतराम थारु   |   प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ ।    

नेपालगन्ज, बाँके ।
थारु गायक भनेर चर्चामा आएका विश्वसागर परियारको नयाँ डिजे गित सार्वजनिक भएको छ । गायक परियारको थारु गीत रुप रङके रानी हुईतो भन्ने बोलको गित सोमवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समयमा थारु गायनमा जम्दै आएका गायक परियारले धमाधम थारु म्युजिक भिडियो सार्वजनिक गर्दै आएका छन । थारु गितका कुशल गायकका रुपमा पछिल्लो समयमा बजारमा आएको उनको थारु डिजे गीत रुप रङके रानी हुईतो भन्ने बोलको गितको अडियो निकै चर्चामा रहेको छ । अडियो गितले नै बजारमा हंगामा मचाएको हुनाले भिडियो गितले पनि उत्तिकै हंगामा मचाउने आश रहेको गायक विश्व सागरले बताए । यो गितको लय शब्दमा आर.के.सी म्युजिक प्रा.ली बाट बजारमा ल्याईएको गितको प्रस्तुतकर्ता सुमन चौधरी हुन । थारु युवायुवतीहरुको मागलाई मध्यनजर गर्दै बजारमा ल्याइएको सो गीतले थुप्रै थारु युवा युवतीहरुको मन तानीने आश रहेको गायक परियारले बताए ।
नेपाल बहुजाति, बहुभाषिक,बहुसांस्कृतिक देश हो । हाम्रो देशमा विभिन्न जातजातिहरु बसोबास गर्ने गर्दछन् । देशमा विभिन्न स्थानमा छरिएर रहेका जातजातिको आ आफ्नै रितिरिवाज, भाषाभाषी, संस्कृति रहेका छन् । त्यसमा पनि थारु जाति एक आफ्नै रितिरिवाज, संस्कृति भएको जाति हो । जसको आफ्नै इतिहास रहेको छ । नेपालमा रहेका विभिन्न भाषाभाषीको आफ्नै आफ्नै भाषाका गीत सङगीत बजारमा आउने क्रम पनि बढेको छ । आफ्नो रितिरिवाजलाई संरक्षण गर्ने हेतुले पछिल्लो पुस्ता अगाडि बढेको देखिन्छ । थारु भाषामा विभिन्न गीतहरु बजारमा आउने क्रम जारी नै छ । त्यसमा पनि पछिल्लो समय केही गर्ने उद्देश्यका साथ अगाडि बढेका विश्व सागरको थारु भाषाको गीत बजारमा आएको हो । गीतको बोल रुप रंग के रानी रहेको छ । गीतमा विश्व सागर र सुमन चौधरीको स्वर रहेको छ । भने शब्द सुखलाल चौधरी तथा सङ्गीत विश्व सागरकै रहेको छ । गीतको भिडियोमा आकाश चौधरी र शिशिर कंडेलको अभिनय रहेको छ भने गीतलाई सम्पादन रामु चौधरी तथा गीतको निर्देशन प्रदिप थारुको छ ।

प्रतिक्रिया दिनुहोस्: