वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बर्दियामा राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु; पहिलो दिन ५ खेल सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस २४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशिप २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगीता सोमबारदेखि ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँ, बर्दियाको सिंहबाहिनी खेल मैदानमा सुरु भएको छ । राष्ट्रिय कबड्डी प्रतियाेगिताकाे नेपाल अाेलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

साविकका ५ विकास क्षेत्रका ८ वटा महिला र पुरुष समूह, नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ७ वटा महिला र पुरुष समूह गरी जम्मा १५ वटा समूहको कार्यक्रममा सहभागीता रहेको छ । विभिन्न ठाउँबाट आएका खेलाडि र प्रशिक्षक लगायत ठाकुरबाबा नगरबासीले बाजागाजाहित भुरिगाउँ बजारको परिक्रमा गरेका थिए ।

पहिलो दिन सोमबार मध्यमान्चल र नेपाल आर्मीबिच भएको खेलमा नेपाल आर्मिले ५८ अंक प्राप्त गरेको छ भने मध्यमान्चलले २५ अंक प्राप्त गरेको छ । सुदुरपश्चिमान्चल र नेपाल प्रहरीबिच भएको खेलमा सुदुरपश्चिमले ३३ अंक प्राप्त गरेको छ भने नेपाल प्रहरीले ३० अंक ल्याएको छ । एपिएफ र पुर्वान्चल बिच भएको खेलमा एपिएफले ७६ अंक प्राप्त गरि अग्रस्थानमा रहेको छ भने पुर्वान्चलले ३० अंक प्राप्त गरेको छ । यस्तै पश्चिमान्चल र मध्यमान्चन बिच भएको खेलमा पश्चिमान्चलले २९ अंक प्राप्त गरेको छ भने मध्यमान्चलले २८ अंक प्राप्त गरेको छ ।

पुरुष तर्फ नेपाल आर्मि र शशस्त्र प्रहरी बिच भएको खेलमा नेपाल आर्मीले ४३ अंक र शसस्त्र प्रहरीले ३० अंक प्राप्त गरेको गरेको छ । आज २४ गते देखि सुरु भई २७ गते सम्म चल्ने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: