वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

गेरुवा गाउँपालिकामा थारु हेल्प डेस्क तत्काल सञ्चालन गर्ने अध्यक्ष केसीको प्रतिबद्धता

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, पुस २२, २०७४ ।    

गेरुवा, बर्दिया ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिं केसीले सुशासन कार्यक्रम अन्तरगत गाउँपालिकामा थारु हेल्प डेस्क तत्काल सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । गेरुवा गाउँपालिकाको आ.व २०७४ र०७५ को प्रथम चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक प्रतिवद्धता व्यक्त गर्दै उनले गाउँपालिकालाई आवश्यक पर्ने ऐन र नियम र नीति निर्देशिका तत्काल निर्माण गर्ने बताएका छन ।
अध्यक्ष केसीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको अभिलेख दुरुस्त गरी कोही पनि नछुटने किसिमले भत्ता वितरण गरिने बताउदै गाउँपालिकाका सम्पूर्ण वडाहरुमा नेट सेवा तत्काल प्रारम्भ गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने -“गाउँपालिकाको प्रोफाईल र माष्टर प्लान बनाउन तत्काल सुरु गर्ने छौ ।”


प्रथम चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यालयको सेवा प्रवाह एवं प्रगतिका वारेमा गेरुवा गाँउपालिकाका लेखापाल तुल्सीराम श्रेष्ठले जानकारी गराएका थिए । गाउँपालिकाको प्रथम चौमासिक वित्तिय तर्फ चालु बजेट १ लाख ९८ हजार ५ सय ४५ र चालु खर्च ४३ हजार २ सय २९ पूजिगत वजेट १ लाख ५७ हजार ८ सय ३६ खर्च ५ हजार ५ सय ७४ रहेको छ । कुल वजेट ३ लाख ५६ हजार ३ सय ८१ र खर्च ४८ हजार ९ सय ३ मात्र खर्च भएको छ । तथ्याङकमा देखाईएको विवरण अनुसार गाउपलिकाले १४ प्रतिशत वित्तिय प्रगति गरेको छ । आन्तरिक आय तर्फ ४७ लाख ३५ हजार यथार्थ आम्दानी ७ लाख ९३ हजार रहेको छ । आन्तरिक प्रगति १७ प्रतिशत रहेको छ । पहिलो चौमासिकमा विभिन्न सामाजिक सुरक्षा पाउने २ हजार २ सय ६६ जनालाई कुल १ करोड २५ लाख ३२ हजार वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष जमान सिं केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक प्रतिवेदन र वहिर्गमन अभिमत सम्वन्धी प्रतिवेदनको प्रस्तुती एवं कार्यक्रमको सहजीकरण सन्तोष पौडेलले गरेका थिए । बर्दिया अनलाइनकर्मी मिनअधिकारीले संचालन गरेको कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश प्रशासकिय अधिकृत भिमवहादुर खत्रीले पारेका थिए भने धन्यवाद ज्ञापन गाउँपालिका उपाध्यक्ष हिमाकुमारी थरुनीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्: