वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

राजपत्रमा सुचना आएपछि राजापुर बजारबासी जग्गा पाउनेमा ढुक्क

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४ ।    

राजापुर,बर्दिया ।
लामो समयदेखि लाल पूर्जा विहिन रहेका राजापुर बजारबासीले लाल पूर्जा पाउने भएपछी  खुशी भएका छन । नेपाल राजपत्रमा सुचना प्रकाशित भएसँगै बर्दियाको राजापुर वजारवासी लालपूर्जा पाउनेमा ढुक्क भएका हुन । नेपाल सरकार मन्त्री परिषदको पौष १३ गते वसेको बैठकले लालपूर्जा दिने भनि गरेको निर्णय गत बुधवार राजपत्रमा ५ पेजको सूचना प्रकाशित भएको छ ।
नेपाल सरकारले मालपोत ऐन २०३४ को दफा ७ को उपदफा १ क ले दिएको अधिकारको प्रयोग गरी राजापुर वासीले जग्गा दर्ता गरी लाल पूर्जा पाउने भएका हुन् । राजापुर क्षेत्रमा २०११ साल देखि घर टहरा वनाई बसोवास गरी आएको जग्गा २०२१ सालमा नापी भई स साना कित्ताका कारण नाप नक्सा हुन नसकेको सो जग्गा सरकारी, ऐलानी, वन क्षेत्र भनी कही कतै उल्लेख नभएको जग्गा नाप जाँच हुदाँ स्ववासी अथवा वाल विटौरीको विवाद भई वीचमा स्थगित हुन गएकोले सो सम्बन्धमा उठेको समस्या समाधान गरी जग्गा दर्ता सम्बन्धी निर्णय गर्न समिति गठन गरी त्यो समितिको काम कर्तव्य र अधिकार र कार्य विधि तोक्ने सम्बन्धमा राज पत्रमा उल्लेख गरीएको छ । राजपत्रमा उल्लेखित सुचनामा जग्गा धनी पूर्जा स्ववासीको नभएर बाल विटौरीका आधारमा पूर्जा वितरण हुने कुरा उल्लेख गरिएको छ ।


लाल पूर्जा वितरण समितिको अध्यक्षमा मालपोत कार्यालय राजापुरका प्रमुख सहितको टोलीमा नापी कार्यालय, वन कार्यालय, ईलाका प्रशासन कार्यालय, स्थानिय तह, मालपोत कार्यालयको वरिष्ट कर्मचारी समितिको सदस्य सचिव हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: