वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

राजापुरमा अपाङ्गता परिचय-पत्र वितरण

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४ ।    

राजापुर,बर्दिया ।
बर्दियाको राजापुर नगरपालिकामा बिहीवार अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । नगर स्तरीय अपाङ्ग समन्वय समिति सञ्जालका संयोजक महादेव धमलाको अध्यक्षतामा परिचय पत्र वितरण गरिएको हो ।
राजापुर नगरपालिकाको आर्थिक सहयोग र नगर स्तरीय अपाङ्गता समन्वय सञ्जालको आयोजनामा सञ्चालित परिचय पत्र वितरण शिविरमा कुल १२० जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । महिला तथा वालवालिका कार्यालय गुलरियाको समन्वयमा राजापुर नगरपालिका परिसर भित्र शिविरको आयोजना गरिएको थियो । महिला तथा वालवालिका कार्यालय गुलरियाका प्रमुख गिरा कुमारी वस्नेतले परिचय पत्र दिदै ग्रामीण ठाउँमा आएर परिचय पत्र वितरण गरी अशक्त तथा अपाङग भएकाहरुलाई राहत दिन पाउदा आफु खुशी भएको बताउदै बर्दियाका ८ वटै स्थानिय तहहरुमा पुगेरै परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिईन ।
अपाङगता भएका व्यक्तिहरुले परिचय पत्र पाएपछी खुशी भएर आफुहरु सदरमुकाम जान नसकेका कारण परिचय पत्र नपाएको र विभिन्न सेवा सुविधाहरुबाट बञ्चित भईरहेको वेला गाउँघरमै आएर महिला विकास कार्यालयले परिचय पत्र दिई सर्हानिय काम गरेको बताएका छन् ।
परिचय पत्र वितरण शिविरबाट २३ जनाले ‘क’ वर्ग को, ४७ जनाले ‘ख’ वर्ग, २७ जनाले ‘ग’ वर्ग, ५ जनाले ‘घ’ वर्गको नयाँ परिचय पत्र पाएका छन् भने १८ जनाले हराएको परिचय पत्रको प्रतिलिपि र नविकरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: