वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बाँसगढीमा दोश्रो औद्योगिक,कृषि,पर्यटन व्यापार मेला तथा माघी महोत्सवको तयारी तिब्र

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बिहिबार, पुस २०, २०७४ ।    

बाँसगढी, बर्दिया ।
बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा माघ ११ गते देखि २१ गते सम्म दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा माघी महोत्सव-२०७४ सञ्चालन हुने भएको छ ।
महोत्सव सन्चालनका लागि अहिले तिब्र तयारी भईरहको छ । सो महोत्सवलाई सफल बनाउन काम बाँडफाड गरि मुल आयोजक समिति र उपसमितीहरु गठन गरिएको छ ।


बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष कटक बिसिको संयोजकत्वमा मुल आयोजक समिति र उपसमितीहरु गठन गरिएको हो । संघको बैठकले मेला अबधी भर सचिवालयको लागी सचिव बिष्णु पौडेललाई तोकेको छ । त्यस्तै प्रचारप्रसार उपसमितीको संयोजकमा उपाध्यक्ष शंकर शर्मा, अथितीसत्कार उपसमितिको संयोजकमा संस्थापक अध्यक्ष पुष्पराज बराल, सुरक्षा व्यवस्थापन र युवा परिचालन उपसमिती संयोजकमा एकनारायण अधिकारी, मञ्च व्यवस्थापन तथा गेट निर्माण उपसमितिको संयोजकमा शिव देबकोटा, संस्कृति तथा झाक्री व्यवस्थापन उपसमितीको संयोजकमा रामसिङ थारु, व्यानर प्रयोजन उपसमिती संयोजकमा बद्री बराल र बिद्युत खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिती संयोजकमा हरी लामिछानेलाई जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्: