वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

मधुवन नगरपालिकाले गर्‍यो स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस १९, २०७४ ।    

सानोश्री, बर्दिया।
मधुवन नगरपालिकाले ५७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक कार्यक्रमका बिच बुधवार साइकल वितरण गरेको छ । सानोश्री स्वास्थ्य चौकी र ताराताल स्वास्थ्य चौकी अन्तर्गतका ५७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो ।
सवारी साधनको अभावका कारण बस्ती-बस्तीमा पुगेर स्वयंसेविकाहरूलाई स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन गाह्रो भएपछि साइकलको व्यवस्था गरिएको र सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने महिलाहरूलाई सम्मान स्वरुप मधुवन नगरपालिकाले साइकल वितरण गरेको नगर प्रमुख गणेश केसी कृष्णले बताए ।


कार्यक्रममा मधुवन नपा ६ की महिला स्वास्थ्य स्वयंसेविका राधा शर्मालाई दिर्घसेवा गरेबापत सम्मान गदै बिदाई गरिएको मधुवन नगर स्वास्थ्य इकाई प्रमुख हरिहर सापकोटाले बताए ।
नगर परिषदबाट पारित महिला लक्षित कार्यक्रम अन्तर्गत चार लाख खर्च गरी साइकल वितरण गरिएको रेडियो रामज्ञानुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: