वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

आम्बासामा छायांकन गरिएको लोक दोहोरी ‘तिमी राम्री…’ छिट्टै बजारमा

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, पुस १९, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
लोक दोहोरी गीत ‘तिमी राम्री’ को छायांकन सकिएको छ । हरिस नेपाली र सुशिला थापाको स्वर रहेको गीतको लय तथा शब्द हरिस नेपालीकै रहेको छ भने निर्देशन खगेन्द्र नेपालले गरेका छन ।
पर्यटकीय क्षेत्र आम्बासामा छायांकन गरिएको गीतको भिडियोमा मौलिक लोक संस्कृतिको झझल्को दिने प्रयास गरिएको निर्देशक नेपालले बताएका छन।


मोहन रोकायद्वारा निर्मित भिडियो याल्डमून मिडियाद्वारा छिट्टै बजारमा आउने जनाइएको छ ।
गीतमा सरद गिरी र एन्जिला शाहका साथै सुरसंगम कला केन्द्र, भुरिगाउँका कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: