वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

ठाकुरद्वारा जोड्ने ओराही खोलामा एकैसाथ दुई पक्की पुल बन्दै

        सुदीप अधिकारी   |   प्रकाशित मिति: सोमवार, पुस १७, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
ओराही खोलामा पुल नहुँदा वर्षौदेखि सास्ती खेप्दै आएका यहाँका जनतालाई अब सुविधा हुने भएको छ । ओराही खोलामा एकै साथ दुई स्थानमा पक्की पुल निमार्ण कार्य सुरु भएका छन । ओराही खोलाको आम्बासा र प्रतापुर–कालिगौँडी क्षेत्रमा पक्की पुल बन्न लागेको हो ।

यी दुबै पुलको लम्बाइ १ सय ६० मिटर रहने बताइएको छ । दुबैतर्फ फुटपाथसहित पुलको चौडाइ ११ मिटर रहने छ । ४०/ ४० मिटरको दुरीमा पुलमा ४ वटा स्पान रहने बताइएको छ ।
आम्बासा क्षेत्रमा बन्न लागेको पुलको ठेक्का सपना गाल्भा जेभीले लिएको छ । यो पुलको लागत ९ करोड ९६ लाख ९९ हजार २ सय ४२ रुपौँया रहेको डिभिजन सडक कार्यालय नेपालगंजले जनाएको छ । २०७६ माघसम्ममा पुल निमार्ण गरिसक्नु पर्ने सम्झौता रहेको कार्यालयले जनाएको छ ।


यसैगरि ओराही खोलाको प्रतापुर–कालिगौँडी क्षेत्रमा पनि पक्की पुल निमार्ण हुन लागेको डिभिजन सडक कार्यालय नेपालगंजले जनाएको छ । यो पुलको ठेक्का पप्पु कन्ट्रक्सन जेभीले लिएको छ । बबई नदीको जब्दीघाटमा पप्पु कन्ट्रक्सन निमार्ण गरेको पुल वर्ष दिन नपुग्दै भाच्चिएको थियो । फेरी पनि पप्पुले नै यहाँ पक्की पुलको ठेक्का पाए पछि पुलको गुणस्तरमा पनि स्थानियले शंका गरेका छन् । यो पुलको लागत १० करोड ८२ लाख ७४ हजार ८ सय ९१ रुपौँया रहेको सडक कार्यालयले जाएको छ ।
ओराही खोलामा पुल बन्ने भएपछि स्थानियबासी निकै खुशी भएका छन् । पुल नहुँदा वर्खायाममा यहाँका जनताले निकै सास्ती खेप्दै आएका थिए । वर्खायाममा यहाँ यातायात प्रायः ठप्प हुँदै आएको छ । खोलामा पुल नहुँदा ठाकुरद्धारा क्षेत्रको पर्यटन विकासमा समेत असर परेको थियो । पुल निमार्णसँगै ठाकुरद्धारा क्षेत्रको पर्यटन विकासमा पनि ठूलो टेवा पुग्ने पर्यटनकर्मी रामबहादुर शाही बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: