वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

मलेसियामा नयाँ वर्षको अवसरमा विशेष सम्मान कार्यक्रम हुँदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, पुस १५, २०७४ ।    

आर एन चौधरी थारु / मलेसिया ।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा डिसेम्बर ३१ तारिख अर्थात अंग्रेजी नयाँ वर्ष २०१८ को पुर्वसन्ध्यामा विभिन्न विधामा मनोनित १४ जना ब्यक्तित्वहरुलाई सम्मानित गरिने भएको छ । नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले एक विशेष अवार्ड कार्यक्रमको आयोजना गरी सो सम्मान गर्न लागेको हो ।
बिगत दुई बर्षदेखि आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रम यो वर्ष पनि २०१७ भरि ज-जसले मलेसियामा श्रम गरेर पनि बचेको समयमा प्रवास जस्तो ठाउँमा बसेर पनि खेलकुद क्षेत्रमा देशलाई नै अगाडि चिनाउने काम गरेर अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुलाई साथै एक जना कुशल पत्रकार, साहित्यकार, एक जना हास्यकलाकार, अनि रातदिन नभनी, समयको प्रभाव नगरी मलेशियामा बसेर समस्यामा परेका नेपाली श्रमिकहरुलाई सहयोग गर्न तत्पर रहने समाजसेवामा सक्रिय भैइ लागी रहेका दुइजना समाजसेवीलाई र त्यस्तै गायन तर्फ दुई जनालाई गरि जम्मा १४ जना ब्यक्तित्वहरुलाई अवार्ड प्रदान गरि सम्मानित गर्न लागेको नेपाली प्रवासी सितेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईरालाले जानकारी दिए ।


अध्यक्ष कोईरालाका अनुसार मलेसियामा श्रमजीवी गरेर बचेको समय निकालेर यहाँ समस्यामा परेका श्रमिकको हक हितको लागि थप काम गर्न,श्रमिकको हकहितमा कलम चलाउन ,साथै प्रवासमा बसेर पनि भए पनि आफ्नो दिनचर्या काम गरेर थकाइ लागेको हुँदा हुँदै पनि साहित्य,लेख,रचना तथा गायन साथ साथै खेलकुदको क्षेत्रमा नि नेपालको तर्फबाट यहाँ विभिन्न प्रतियोगितामा प्रतिनिधित्व गरि जितेर देशको नाम अगाडि बढाएकोमा र अझ देशको निम्ति केही योगदान गर्ने हौसला प्राप्त होउन भन्ने थप साहस र हौसला प्राप्त होस भन्ने प्रमुख उदेश्यको साथ तेस्रो पटक पनि यो अवार्ड प्रदान गर्न लागिएको बर्दिया अनलाइनलाई बताए ।

प्रतिक्रिया दिनुहोस्: