वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

लालपुर्जा वितरण गर्ने मन्त्रिपरिषदको निर्णय: राजापुरबासीमा उत्साह

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, पुस १३, २०७४ ।    

राजापुर, बर्दिया।
बर्दियाको ऐतिहासिक राजापुर बजारका स्थानियले जग्गाधनी पुर्जा पाउने भएको छ । स्थानीयले एकहप्ताभित्र जग्गाधनी पुर्जा वितरण गर्न माग गर्दै आन्दोलन सशक्त पारिरहेका बेला बिहिवार बसेको मन्त्रीपरिषदको बैठकले स्थायी जग्गाधनी पुर्जा वितरण गर्ने निर्णय गरेको हो ।
जग्गा धनी पुर्जा वितरणका लागि राजापुर मालपोत कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन हुने र सो समितिले दुई महिनाभित्र पुर्जा वितरण गरिसक्ने भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले बर्दिया अनलाईनसंग कुरा गर्दै आन्दोलनरत राजापुरवासीसंग आन्दोलन स्थगित गर्न आग्रह गरेका छन । दुई महिनाभित्र पुर्जा वितरण हुनेमा विश्वस्त हुन अनुरोध समेत गरेका छन । यो निर्णयले पुर्जा वितरणका लागि बाटो खुलेको उनकोे भनाइ रहेको छ ।

(मन्त्री दहितसंग गरिएको कुराकानी यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।)

‘अब चाडै समिति गठन गरेर दुई महिनाभित्र पुर्जा वितरण हुन्छ ।’ मन्त्री दहितका अनुसार बहालविटोरीका आधारमा जग्गाधनी पुर्जा वितरण गरिने भएको हो । जस्का लागि न्युनतम ५ प्रतिशत राजश्व तिर्नुपर्ने र अव पुर्जा वितरणमा कुनै समस्या नभएको मन्त्री दहितको भनाई छ । ‘विगतमा विभिन्न राजनीतिक आग्रह पुर्वाग्रह राखेर सहज तरिकाले वितरण हुन सकेको थिएन’ उनले भने । जग्गाधनी पुर्जाका लागि २०६९ सालमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयमार्फत नापी कार्यालय बर्दियाले कित्ताकाटसमेत गरी दर्ता प्रक्रिया अघि बढाएको थियो । ३५ दिने हकदावी सम्वन्धी सूचना प्रकाशित भईसकेको अवस्थामा दर्ता प्रकृयामा भूमाफियाले अनियमितता गर्दै रकम असुलेको भन्दै बेनामी उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि सो कार्य रोकेको थियो ।
पुर्जा पाउनुपर्ने भन्दै मंगलवार स्थानीयवासीले राजापुर नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाउदै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । एकहप्ता भित्र माग सुनुवाई नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका स्थानीयले भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितको पहलमा मन्त्रीपरिषदको बैठकले सर्वसम्मत पारित गरेकोमा खुशी भएका छन। मन्त्रीपरिषदको निर्णय स्वागत गर्दे आन्दोलनका कार्यक्रम अब कसरी अगाडी बढाउने भन्नेबारे बैठक बसेर छलफल गरिने संर्घर्ष समितिका संयोजक विष्णु प्रसाद ज्ञवालीले बताएका छन । उनका अनुसार स्थायी पुर्जा पाउने निर्णयले राजापुरवासीहरु यतीवेला उत्साहित भएका छन । निर्णय भएसंगै छिटोभन्दा छिटो निर्णयको कार्यान्वयन हुनुपर्ने उनीहरुले सरकारसंग माग समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: