वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

पुर्व राजा ज्ञानेन्द्र नेपालगन्जमा; सुरक्षा व्यवस्था कडा

        भगतराम थारु   |   प्रकाशित मिति: बिहिबार, पुस १३, २०७४ ।    

नेपालगन्ज, बाके ।
पुर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्ज विमानस्थलमा भव्य स्वागतका लागि उहाँका समर्थक कार्यकर्ताको भिड लागेको छ ।
आज नेपालगन्ज आउदै गरेका पुर्व राजा ज्ञानेन्द्र मध्य तथा सुदुरपश्चिमको भ्रमण तालिका सहित नेपालगन्जमा आउन लाग्नुभएको हो । पुर्व राजा आउने खवर पाएपछि हजारौका संख्यामा उहाँका समर्थक कार्यकर्ताहरु नेपालगन्ज एयरपोर्टमा पुगेका थिए । राजा आउने खवरले ज्ञानेन्द्रका समर्थकहरुले राजा आउ देश बचाउ भन्ने नारा समेत लगाएका थिए । ठुलो संख्यामा उपस्थित भएका राजाका समर्थकहरुले नेपालको झण्डा समेत फहराएका थिए । राजावादीहरुले संगठित रुपमा एयरपोर्ट नेपालगन्जमा स्वागत कार्यक्रम समेत राखेका छन् । अधिवक्त दिपक सिंहको संयोजकत्वमा २ सय १ सदस्सिय देशभक्त नागरिक स्वागत मुल समारोह समिती गठन समेत गरिएको छ । नेपाल विद्त परिषद्का उपाध्यक्ष सिहको संयोजकत्वमा गठित स्वागत मुल समारोहमा अधिवक्ता भुवन कृष्ण श्रेष्ठ सह–संयोजकमा र मख्खन कुमार नाग कोषाअध्यक्ष रहेको बताइएको छ । पुर्व राजाको स्वागतमा राप्रपा र राप्रपा प्रजातान्त्रिकका नेता तथा कार्यकर्ता समेत स्वागतका लागि विमानस्थलमा पुगेका थिए । ठूलो सङख्यामा राजावादीहरु पुर्व राजालाई स्वागत गर्न विमानस्थल पुगेपछि विमानस्थलको सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: