वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

गोहर गोहर गाल तुहार फेसन बा कमाल, लौण्डन मे आग लगाके मच्चैलो धमाल…

        भगतराम थारु   |   प्रकाशित मिति: बुधबार, पुस १२, २०७४ ।    

कोहलपुर,बाँके ।
बाँकेको कोहलपुर पार्टी प्यालेसमा मंगलवार छुट्टै किसिमको रौनक देखियो ।
हरेक दिन संघसंस्थाको कार्यक्रम आयोजना हुने कोहलपुर पार्टी प्यालेसको हलमा मंगलवार गितले गुञ्जयमान बनेको थियो । ठुलोे स्वरमा धन्कीरहेको गितले होटेल वरिपरि चहलपहल बढि देखिन्थ्यो । हलभित्रको माहोल झनै वेग्लै थियो । ८ जना केटा र ८ जना केटी यस्तो जाडोमा पनि पसिनै पसिना भएर थारु गित गोहर गोहर गाल तुहार फेसन बा कमाल, लौण्डन मे आग लगाके मच्चैलो धमाल भन्ने बोलको गितमा जोसिएर नाचेको दृष्य देखिन्थ्यो ।


मोडलिंग रितु नानु थारुको मिनि स्कटको पहिरनले झनै गितको बोल झै धमाल मच्चाएको थियो । डान्स देखेर हुटिग गर्नेको रौनकता बेग्लै थियोे । थरियन मै आग लगाके मचैनु कमाल झै रितुको कमालले महोल नै तताएको थियो । रितुको डान्समा कमाल साच्चै रैछ भन्ने गुनगान दर्शकको मुखमा सुनिन्थ्यो । राती अवेरसम्म गुञ्जयमान थियो कोहलपुर पार्टी प्यालेसको हल ।
कलाकार हिरालाल थारु (डायमण्ड) रितु नानु थारु रहेको गितको म्युजिक भिडियोको सुटिग सम्पन्न भएको छ । जसमा प्रदिप चौधरीले कोरियोग्राफी गरेका छन । भिडियोग्राफी रामु चौधरीको रहेको छ भने राम सिह थारुकोे निर्माणमा भिडियो सुटिग भएको हो । अहिलेका चर्चित थारु गायक भनेर चिनिने विश्वसागर परियार र गायीका सुमन चौधरीले गितमा स्वर दिएका छन ।

प्रतिक्रिया दिनुहोस्: