वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

साना किसान सहकारी शिवपुरमा पुनः उपाध्यायको नेतृत्व

        छविलाल खड्का   |   प्रकाशित मिति: आइतवार, पुस ९, २०७४ ।    

शिवपुर,बर्दिया।
ठाकुरबाबा नगरपालिका-६, शिवपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समिती अध्यक्षमा पुनः विष्णु प्रसाद उपाध्याय विजयी भएका छन् ।
सहमतिमा अध्यक्ष चयन हुन नसके पछि शनिबार मतदान गरिएको थियो । कुल ८१३ शेयर सदस्य मध्य ७०१ मत खसेकोमा ७ मत बदर भएको बताईएको छ ।


सदर मत मध्य बिष्णु प्रसाद उपाध्यायले ४६२ मत प्राप्त गरी बिजयी भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी भिम बहादुर थापाले २३२ प्राप्त गरेको मतदान अधिकृत बालकृष्ण आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: