वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दिया राष्ट्रिय निकुन्जमा गैडा मृत फेला

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४ ।    

ठाकुरबाबा,बर्दिया।
गएराती बर्दिया राष्ट्रिय निकुन्जमा एक गैडा मृत अवस्थामा फेला परेको छ । असारेगौडी उपभोक्ता समिती धौनिया प्रसेनीघाट नजिक बिहीवार गैँडा मृत अबस्थामा फेला परेको निकुन्जले जनाएको छ ।

मृत अवस्थामा फेला परेको गैँडाको खाग, खुर लगायत सम्पुर्ण अगं सुरक्षित रहेकाले पहिलो पटक रेडियो कलर जडान गरिएको गैँडा बुढो भएर प्राकृतिक रुपमै मृत्यु भएको हुन सक्ने निकुन्जका सहायक सरक्षण अधिकृत बद्रि बिनोल दाहालले बताए । गैँडाको पोष्टमाटम भैसकेको र रिर्पोट आउन बाँकी रहेको निकुन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: