वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बेलभारमा सुटिङ गरिएको ‘माघी रे…’ थारु गीत सार्वजनिक

        भगतराम थारु   |   प्रकाशित मिति: बिहिबार, पुस ६, २०७४ ।    

नेपालगन्ज, बाँके।
थारु समुदायको महान पर्व माघी नजिकिदै गर्दा थारु भाषाको म्युजिक भिडियो धमाधम सार्वजनिक भैरहेको छ । माघी पर्वलाई लक्षित गरि भर्खरै थारु भाषाको ‘माघी रे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
थारु समुदायको नयाँ बर्ष अर्थात महान पर्व माघीको अवसरमा रहेको ‘माघी रे माघी रे रंगिल माघी रे नाचो नाचो कम्मर लचकाके’ बोलको गित सार्वजनिक भएको हो । अहिलेका चर्चित थारु मोडेल विवश चौधरी, सरोज चौधरी, सृजना चौधरी र छमी चौधरीको प्रमुख भुमिका रहेको माघी रे बोलको गितमा गायक अनिरुद्र चौधरीको स्वर छ । गितको शव्द संगित अनिरुद्र चौधरी कै रहेको छ भने एरेन्जर केशव बडुले गरेका छन । माघी रे बोलको गितको छायाङकन चेतन चौधरीले गरेका हुन भने गितको सुटिङ बर्दियाको बारबर्दिया वेलभार गाउँमा गरिएको मोडेल विवश चौधरीले जानकारी दिए । मोडेल विवशले दुई दर्जन बढि चर्चित गितमा मोडलिङग गरिसकेका छन । थारु भाषाको गितमा विवश चौधरीले नाम कमाई सकेका कलाकारको रुपमा परिचित भैसकेका छन् । माघी रे बोलको गितले माघ महिनामा तहल्का मच्चाउने कलाकार विवशको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: