वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

राजापुर भन्सार कार्यालयमा राजस्व संकलनमा कमी

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, पुस ६, २०७४ ।    

राजापुर,बर्दिया ।
बर्दियाको राजापुरमा रहेको राजापुर भन्सार कार्यालय राजापुरमा राजस्व संकलनमा कमी आएको छ । भन्सार कार्यालय बर्दियाले राजस्व संकलनका लागि मासिक रुपमा राखेको लक्ष्य पुरा गर्न पौष महिनामा गाह्रो हुने भन्सार कार्यालय राजापुरका नायव सुब्बा गणेश चौधरीले यो कुरा बाटएका हुन ।
मंसिर महिनामा जिल्ला भरी २२ लाख ५४ हजार राजस्व संकलनको लक्ष्य पुरा भएको तर पौष महिनाको लक्ष्य २२ लाख संकलनमा समस्या आउने आफुले अनुमान गरेको ना.सु चौधरीले बताए । बर्दिया जिल्लाकै ठुलो राजापुर भन्सार कार्यलयसम्म आउने बाटोको असुविधा नै मुख्य कारण हुनु र नदी तरे पछि खुल्ला वाटोका कारण भन्सार छलिहुने गरेकाले भन्सारसम्म थोरै मात्र सामान आउने गरेको उनको भनाई छ । कैलाली खक्रौला भन्सार कार्यालय पुलको नजिक भएकाले कैलाली भन्सार कार्यालयले बर्दियाको भन्दा धेरै राजस्व संकलन गरिरहेको उनले बताए । राजापुर भन्सारमा आउने सामान जाँचका लागि कतर्नियामा रहेको कस्टम पनि प्रभावकारी नभएको समयमानै कस्टम नगरीदिदा राजापुर भन्सार कार्यालयमा पहिलेको जति सामान नआउनेगरेको पाईएको हो।
राजापुरका तरकारी वेच्ने व्यापारीहरुलाई कस्टमले समयमै कस्टम नगरीदिदा तरकारी व्यापारी पिडित भएको र राजस्व संकलनमा सरोकारवालाहरुले खासै चासो नदिएकाले चुनौती थपिएकोले सवैले राजस्व संकलन कार्यमा प्रभावकारी रुपले कार्य गर्नु पर्ने धारण राखे ।
यसैबिच राजापुर भन्सार कार्यालयले अवैध रुपमा चलेका मोटर साईकल लिलामको सुचना केही दिनमै निकाल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: