वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

दुबिधामा नपर्नुहोला- यो शहिद पार्क,राजापुर हो, गौशाला होइन…

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, पुस ५, २०७४ ।    

राजापुर,बर्दिया।
राजापुरको शहिद पार्क अहिले गौशालाको रुपमा परिणत भएको छ । शहर व्यवस्थापन समुचित रुपमा नहुँदा अहिले छाडा पशुचौपायाका कारण सुन्दर बगैचाका रुपमा परिकल्पना गरी निर्माण गरिएको शहीद पार्क गौशाला जस्तै भएको हो ।
“बजारमा एउटा डल्लप र बस हिड्ने ठाउँ छैन । जहाँवाट स्थानिय जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरु दिनदिनै हिड्ने गर्दछन्, र पनि वास्तै छैन ।” गुनासो पोख्दै स्थानिय भन्छन- “बजारभित्र त्यती मात्र नभएर पशु चौपाया छाडा छोडीदा बजारको स्वरुप परिवर्तन हुनुका साथै राजापुर नगरपालिकाको एक मात्र शहीद पार्क अमरशहीद श्री दशरथ माबि अगाडीको पार्क अहिले गौशाला जस्तै भएको छ ।”

राजापुर बजारमा स्थानिय व्यापारीहरुले पसल अगाडिको सडक बाटो माटोले पुर्दै सामानहरु राख्ने गरेका छन । राजापुर बजारभित्रका केही चलेका व्यापारीहरुले हिंड्ने सडकनै साघुंरो हुने गरि पसल बढाउदा सानातिना घटना हुने गरेको र बेलैमा यो समस्या समाधान नगरिए दुर्घटना हुन सक्ने स्थानिय बताउछन। यो बिषयमा अझै सरोकारवाला निकाय सहित नगरपालिकाको ध्यान जान नसकेको राजापुरका स्थानियको गुनासो छ ।  त्यस्तै बजारमा सामान वेच्न पसलेले ठेला पसल लगाउदा पनि बजारको स्वरुप अव्यवस्थित भएको छ । यतातिर सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।

तस्बिर: मिन अधिकारी

प्रतिक्रिया दिनुहोस्: