वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

भावी सन्ततीका लागि यसो गरे कसो होला ?

        प्रेम प्रसाद लम्साल   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४ ।    

आदरणीय अभिभावकज्यूहरु, सादर प्रणाम । आशा छ कि जो, जहाँ र जुनसुकै स्थानमा भएपनि आराम, हाँसीखुशी र एउटा असल अभिभावकको भूमिका निर्वाह गरिरहनु भएको होला ।
मानिस एक सामाजिक प्राणी हो । त्यसमा पनि सबै समाजको विद्यमान अवस्था त्यहाँको भूगोल, भाषा, संस्कृती, रहन सहन, शैक्षिक र आर्थिक अवस्था जस्ता महत्वपूर्ण पक्षहरुको आधारमा केही न केहीरुपमा फरक खालको हुने कुरा निश्चित नै छ । निर्धारित भौगोलिक, राजनैतिक, जातीगत जस्ताअनेकन सीमारेखा भित्रका विभिन्न सामाजिक संरचनाहरुमा रहने हरेक मानिसको आफ्नो आवश्यकता र चाहना बमोजिमको बासस्थान वा घर हुन्छ ।

हरेक घरहरुमा सामान्यतया कम्तिमा दुईदेखि हालको अवस्थामा पाँच/सात जना जतिको परिवार संख्या रहेको पाईन्छ । चाहे जस्तोसुकै अवस्थाको घरपरिवार किन नहोस, त्यो घरमा एकजना व्यक्ति घरमूलीको रुपमा क्रियाशील हुन्छ । त्यसमा पनि हाम्रो जस्तो पुरुष प्रधान समाजमा फाट्टफुट्ट मात्र महिला घरमूली बाहेक अधिकांश घरपरिवारहरुमा पुरुषले नै घरमूलीको जिम्मेवारी बहन गरिरहेको पाईन्छ । घरमूलीले परिवारभित्र हुने वा गरिने प्रायः सबैखाले काम व्यबहारहरुको समग्र पक्षको निगरानी गरिरहेको हुन्छ । मानौं कि हरेक घरमा घरमूलीलाई नसोधेर नयाँ कामको थालनी हुँदैन । यदि कसैले आफूखुशी गरिहाल्यो भने र गर्न लागेको काम बिग्रिहाल्यो भने त्यस कामको जिम्मेवारी घरमूलीले लिन मान्दैन । हाम्रो परिवारको यो कस्तो राम्रो चलन वा अनुशासन । यदि यस्तो अनुशासन नहँदो हो त घरपरिवार कति भद्रगोल, अव्यवस्थित र छाडावादी हुँदो हो ?

हरेक परिवारभित्र दोश्रो पुस्ताको रुपमा बालबालिकाको जन्म हुन्छ । बालबालिका नभएको घरपरिवार सबैलाई शून्यजस्तो लाग्छ । हरेक बालबालिका सामाजिक संरचना र सभ्यताको निरन्तरताका अनिवार्य अंग हुन । यिनीहरुले नै अहिलेको मानव सभ्यतालाई अझ व्यवस्थित, उन्नतीशील र प्रगतीशील बनाउँदै अगाडि बढाउने कामको जिम्मा लिदै जान्छन् । यसको अर्थ, हाम्रो भविष्य हाम्रा बालबालिकाहरुमा निहित छ र अघिल्लो पीढीका सम्र्पूण कुराहरु दोश्रोमा पीढीमा स्वतः हस्तान्तरित हुँदै जान्छन् ।

त्यसो भए भविष्यमा हामी स्वयंम्को, हाम्रो समाजको र सम्पूर्ण सामाजिक पक्षहरुको जिम्मा लिने आजका हाम्रा सन्तानलाई हामीले के त्यो लायकको बनाईरहेका छौं ? के हामीले समग्र सामाजिक पक्षको जिम्मा लिनसक्ने हिसाबले हाम्रा सन्तानहरुलाई उपयुक्त शिक्षा र सहि संस्कार सिकाउन सकिरहेका छौं ? के हामीले असल अभिभावकको जिम्मेवारी पूरा गरिरहेका छौं ? भनिन्छ, सन्तानलाई सम्पति होईन सहि संस्कार दिनुपर्छ । समाजका कतिपय अभिभावहरु सन्तानलाई कसरी धेरै सम्पति आर्जन गरेर दिन सकिन्छ रु भनेर कडा मेहनतकासाथ खटिरहेको देखिन्छ भने कसैलाई आफ्नो दैनिक घर व्यवहार सञ्चालन गर्नको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्ने कार्यमै पूरै जीवन व्यतित गर्नुपर्ने बाध्यात्मक अवस्था पनि छ । जसले गर्दा हाम्रा बालबालिकाहरु राम्रो संस्कार सिक्ने अवसरबाट बञ्चित हुने मात्र होईन कि नराम्रो संगत तथा संस्कारका कारण गलत बानी व्यवहारहरुमा फसिरहेका प्रशस्त प्रमाणहरु पाउन सकिन्छ ।

यसको साथै हाम्रो समाजको सबैभन्दा खतरनाक पक्ष भनेको अधिकांश अभिभावकले आफूले के खाने रु के नखाने ? के गर्ने ? के नगर्ने ? के बोल्ने ? के नबोल्ने ? भनेर राम्ररी नसोचेको वा त्यसप्रति वास्तै नगरेको हो कि जस्तो लाग्छ । अभिभावकहरुले आफूलाई जे मन लाग्यो त्यही खाने वा गर्ने हो भने आफ्नो स्वास्थ्यको भोलिको अवस्था कस्तो होला रु अनि आफ्ना सन्तानले आफूबाट सिक्ने बानी व्यवहार के कस्ता होलान ? भन्ने कुरातिर सम्पूर्ण अभिभावकहरुको ध्यान कहिले जाला रु भनिन्छ माटो अनुसारका डल्ला, माउ अनुसारका चल्ला ।

त्यसो भए माउ र बाउ गतिलो भएपो सन्तान पनि गतिलो हुन्छन भन्ने हो । चाहे विभिन्न किसिमका चाडपर्वको निहुँमा होस या खुशियालीको बाहनामा, दुःखकष्टको नाउँमा होस या पाहुना सत्कारको चाहनामा जाँडरक्सी खाएकै छ, खुवाएकै छ । साथीभाइहरुसँग बसेर हाकाहाकी होस या लुकीलुकी जुवातास खेलेकै छ, खेलाएकै छ । सुर्ति, चुरोट, गुट्खा जस्ता निरन्तर चपाउने र जथाभावी थुक्ने कामको त अधिकांश जसले आफूलाई समाजकै जानकार र सभ्य भनिठान्ने व्यक्तिहरुले ठेक्का नै लिएको हो कि जस्तो लाग्छ । अभिभावकहरुसँग यदि यस्ता खालका बानी व्यवहारहरु रहिरहने हो भने सन्तानले के सिक्छन रु हरेक बालबालिकाहरुको पहिलो पाठशाला घर हो, उनीहरुको सिकाई घरबाट नै शुरु हुन्छ र हामीले असल बानी व्यवहारहरु मात्र सिकाउनु पर्छ भन्ने कुराप्रति हरेक अभिभावक कहिलेदेखि सचेत हुने ?

अभिभावकले सम्भव भए घरमै र नभए छिमेकी कहाँ बसेर भएपनि जाँडरक्सी खाने, हो हल्ला वा मारपिट गर्ने, जथाभावी बोल्ने, जुवातास खेल्ने, खेलाउने जस्ता गलत धन्दाहरुमा लागिरहँदा उनीहरुले नै आफ्नो वरिपरि उभिएर खेल वा अन्य कुनैपनि गतिविधि आदि हेरिरहेका बालबालिकाहरुलाई आवश्यकता अनुसार जाँडरक्सी र सुर्ति चुरोट जस्ता लागुपदार्थहरु ल्याउन लैजान अह्राउने काम गरिरहेको देखिन्छ । अनि त्यस्ता अभिभावकको स्याहार सुसारमा लागेका ती साना उमेरका बालबालिकाहरुले कुनचाहिं गतिलो कुरा सिक्ने ?

मलाई लाग्छ, हरेक घरपरिवार भित्रको मनमुटाव, भैझगडा, मारपिट, रोग, गरीबी, व्यवहारिक अस्तव्यस्तता तथा असभ्यता जस्ता अधिकांश अवस्थाहरुको करीब नब्बे प्रतिशत कारण जाँडरक्सी र जुवातास नै हुनुका साथै अप्राकृतिक खानपान र जीवनशैली नै हो । यो नै हाम्रो समाजमा रहेको शिक्षा, स्वास्थ्य, सम्बृद्घि र सभ्यताको सबैभन्दा ठूलो शत्रु वा बाधक हो । यी र यस्तै क्रियाकलापहरु जसले हामीलाई हरेक हिसाबले कमजोर बनाउने अवस्था सृजना गर्छन, जस्ता कुलतहरु प्रतिको बुझाई र व्यवहारहरुमा अभिभावकहरुको होश कहिले खुल्ने रु हामी र हाम्रो समाजलाई बिगार्ने यिनै सवालहरु हुन सम्बन्धित सबै जिम्मेवार व्यक्तिहरुको लागि मूल चिन्ता वा चासोको विषय भनेको ।

हरेक अभिभावकले एकपटक मात्र होईन कि पटक पटक सोचौं त, साँचो अर्थमा हामी हाम्रा बालबालिकाहरु कस्तो भएको देख्न चाहन्छौं रु सायद कुनैपनि अभिभावकले झुक्किएर पनि भन्नुहुन्न कि मेरो वा हाम्रो सन्तानहरु असभ्य, अनपढ, कमजोर र नराम्रो बानी व्यवहारको होस । यदि त्यसो होभने बालबालिकाको पहिलो पाठशालारुपी घरमा उसलाई असल बानी व्यबहारहरु सिक्नको लागि हामीले कस्तो वातावरण दिईरहेका छौं रु हरेक घरमा र गाउँबस्ती भरिनै प्रायः सधैंजसो समयमा नराम्रा खालका क्रियाकलापहरु चलिरहने कुराबाट बालबालिकाहरुले के कस्ता कुराहरु सिकिरहेका छन् रु भन्ने कुराका प्रशस्त प्रमाणहरु बालबालिकाहरुले बाटोमा हिड्दाको समयमा अभिव्यक्त गर्ने शब्दहरुबाट स्पष्ट हुन्छ कि यहाँको सामाजिक सभ्यताको स्तर कुन हदसम्म सुन्न, स्वीकार्न र प्रशंसा गर्न योग्य छ ? नीति भन्छ कि सक्छौ राम्रो गर, सक्दैनौ नबिगार । यसको मतलब, राम्रो गर्न नसक्नेलाई बिगार्ने नैतिक अधिकार पनि हुँदैन भन्ने हो । आफ्ना बालबालिकाहरुले सबै कामकुरा राम्रो गरुन भन्ने चाहना गर्ने तर स्वयम् अभिभावकहरुले के गरिरहेका छौं रु भन्ने कुराको ख्याल नगर्ने हरेक जिम्मेवार ब्यक्तिहरुले पूर्वतर्फ जानको लागि भुरिगाउँ चोकदेखि पश्चिम कर्णाली चिसापानीतर्फ जाने गाडीको यात्री बन्नु जस्तै हो ।

हरेक जिम्मेवार अभिभावकहरुले अरुको देखासिखीको, तडकभडकको, हो–हल्लाको, अनर्थयुुक्त माहौलको, आधुनिकताको नाउँमा गलत खानपान र जीवनशैलीको, खाउपेउ र मोजमस्ती गरको जीवन बाँच्नुको सट्टामा आफ्नो मौलिक संस्कार र संस्कतिसहितको, बनावटी नभै एकदम वास्तबिक, आफ्ना हरेक परिस्थितिहरुसँग सुहाउँने खालको, स्वस्थ, सभ्य र मर्यादित समाज निर्माण गर्नका लागि विशेष योगदान पुग्ने खालको परिवर्तनकारी कार्यको थालनी आफैबाट र आजैदेखि शुरु गरे कसो होला रु देशमा प्रशस्त संभावनाहरु भएर पनि प्रायः सबैजसो संचार माभ्यमहरुबाट दैनिक अरबौं रुपैयाँको व्यापार घाटा भईरहेको समाचारहरु सुनिन्छ ।

के हाम्रो देशको व्यापार घाटाप्रति हामी सचेत वा जिम्मेवार छैनौं रु के हाम्रा दैनिक उपभोग्य वस्तुहरु स्वदेशी र स्वस्थकर छन रु के हामीले स्वादका लागि नभै सचेतनापूर्वक स्वास्थ्यका लागि खाईरहेका छौं रु किन र कसको कारणले हाम्रो परिवार, समाज र देशैभरि डरलाग्दा रोगीहरुको संख्या बढिरहेको छ रु त्यसतर्फ हामी के कति सचेत छौं ? संभव वा उपलब्ध भएसम्म हामीले स्वदेशी तथा जैविकवस्तुहरु प्रयोग गर्नुको सट्टा आँखा चिम्म गरेर जसको भएपनि र जस्तो भए पनि सामान प्रयोग गर्यो, सकि नसकि आदर्श र राष्ट्रियताको कुरा गर्यो मुखमा कोचिएका चपाउने वस्तुहरुबाट निस्किएको रातो झोल जथाभावी प्याच्च पार्यो, आनन्द लियो । वाह! क्या सुन्दर, सभ्य र सफल जिन्दगी भन्यो आफैमा रमायो । के यही हो त बुझकार, जिम्मेवार, असल, कुशल र आदर्श अभिभाकको पहिचान ? हामीले यतिविधि गरिरहँदा हाम्रा सन्तानहरुलाई  आजको असल सन्तति र भोलिको असल नागरिक बन्नको लागि आवश्यक खुराक पुग्छ त ?

यसैगरि हाम्रा सन्तानहरु ठीक समयमा विद्यालय जान्छन कि जाँदैनन ? विद्यालयमा गएर पनि सबै कक्षाहरुमा अनुशासित विद्यार्थीको रुपमा अध्ययन गर्छन कि गर्दैनन ? विद्यालयबाट घरमा आईसकेपछि बालबालिकाहरुले पढाईलाई कत्तिको ध्यान दिईरहेका छन ? गृहकार्य पूरा गर्छन कि गर्दैनन रुसमग्रमा उनीहरुको संगत कस्तो छ ? जस्ता कैयौं महत्वपूर्ण सवालहरुप्रति हामीले परिपक्व, ईमान्दार र जवाफदेहीपूर्ण ढङ्गले असल अभिभाकको जिम्मेवारी पूरा गर्ने कार्यप्रति शतप्रतिशत ध्यानाकर्षण गर्दा कसो होला ? किनकी हामी सबै राम्रो नै चाहन्छौं । तर म वा हामी स्वयम राम्रा कामहरुको मुख्य वा जिम्मेवार व्यक्ति हँु भन्ने कुराप्रति ध्यान दिईरहेका हुदैनौं । राम्रा कामहरु गर्ने जिम्मा त अरुको नै हो र यो गरेनन, त्यो गरेनन भनेर हामी अरुलाई दोष मात्र दिईरहेका हुन्छौं । यस्ता महत्वपूर्ण कुराहरुप्रति हामी सबै अभिभाकहरु सचेत बने कसो होला रु चिया पसल, भट्टी पसल, चौतारी वा अन्य कुनैपनि स्थानमा हुने जमघटहरुमा अरुको गुणदोषर आरोप प्रत्यारोप जस्ता कुराहरु गरेर समय खेर फाल्नु भन्दा विशेष महत्वपूर्ण कुराहरु मात्र गर्ने र आफ्ना खास जिम्मेवारीहरु पूरा गर्ने तर्फको क्रियाशीलता बढाउँदा कसो होला ? हरेकले समय, आफू र आफ्नो जिम्मेवारीको महत्वलाई बुझेर व्यक्ति, परिवार र समाजको सकारात्मक परिवर्तनका लागि सचेतनापूर्वक आफ्ना बानी व्यवहारहरुमा सुधार गर्ने वाचासहित अगाडि बढ्दा कसो होला ? स्मरण रहोस, सकारात्मक परिवर्तनका लागि हरेक व्यक्ति उत्तिकै महत्वपूर्ण हुन्छ ।

विगतदेखि वर्तमानसम्म सभ्य समाज निर्माण कार्यमा जुन–जुन अभिभावकहरुले जेजति योगदान दिईरहनु भएको छ, वहाँहरुका राम्रा कामहरुको प्रशंशा गर्दै र त्यस्ता प्रशंशनीय काम गर्ने जानकार अभिभावकज्यूहरुलाई सम्मान अर्पण गर्दै अब उप्रान्त यस्ता प्रशंशायोग्य काम गर्नका लागि सम्पूर्ण अभिभावकज्यूहरुमा बिनम्रतापूर्वक यो संन्देश प्रवाह गर्न चाहन्छु । किनकी हजुर हामी सबैको सकारात्मक सोच र त्यस अनुरुपको व्यवहारले नै हामी सबैलाई असल अभिभावकको पहिचान दिनुको साथै यस समाजको सभ्यतालाई उचाईमा पु¥याउनको लागि धेरै ठूलो योगदान हुने कुराको विश्वास दिलाउन चाहन्छु ।

यहाँहरु सबै समक्ष यस संदेशको अध्ययन, मनन र त्यो अनुरुपको सकारात्मक व्यवहारको अपेक्षासहित सम्भवभए रचनात्मक सल्लाह सुझावहरुउपलब्ध गराई सहयोग गरि दिनुहुनसमेत अनुरोध गर्दछु । साथै यो सन्देश कुनै पनि व्यक्ति वा समाजप्रति लक्ष्यित नभै बिना कुनै पूर्वाग्रह समाजमा देखिएका तमाम बिकृतिजन्य सवालहरुमा क्रमिक सुधार,सभ्य, स्वस्थ र मर्यादित समाजको पहिचान निर्माण गर्ने कार्यको लागि मात्र हो । समग्रमा भन्नुपर्दा हरेक कोणबाट सामाजिक परिवर्तनका लागि मात्र हो । यस संदेशको अध्ययन गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार सहित धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्: