वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बाँके र बर्दियामा क्यामेरा प्रयोगबाट पुष १ देखी बाघ गणना गरिदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २८, २०७४ ।    

बिमला ढकाल/ बर्दिया।
बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार १ गतेदेखि बाघको गणना सुरु गर्ने गरी गणना गर्नेहरुका लागि तालिम बिहीबारदेखि सञ्चालन भइरहेको छ ।

पौडेलका अनुसार चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत मंसिर १४ बाटै बाघको गणना सुरु भइसकेको छ भने बाँके र बर्दियाको गणना सकिए लगत्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गर्ने विभागको तयारी छ ।
हरेक २ देखि ४ वर्षको अवधिमा विभागले बाघ गणना गर्ने गरेको छ । यसअघि सन् २०१३ मा भएको बाघको गणनाबाट बर्दियामा ५० र बाँकेमा २ वटा वयस्क बाघ भेटिएको थियो ।

यसरी गरिन्छ क्यामेरा ट्यापिङ प्रविधिबाट गणना:

विभागका अनुसार क्यामेरा ट्यापिङ प्रविधिबाट बाघको गणना गरिनेछ । निकुञ्ज भित्रको दुई किलोमिटर लम्बाई र चौडाइको क्षेत्रलाई एउटा ग्रिड मानिनेछ र हरेक ग्रिडमा दुई वटा क्यामेरा राखिनेछ । त्यहाँ कुनै पनि वन्य जस्तुको आवत जावत हुँदा क्यामेराले तस्वीर लिन्छ । एक ठाउँमा १५ दिनसम्म क्यामेरा राखेर तस्वीर खिचिन्छ । र, १५ दिनमा उठाएर अर्को ग्रिडमा ती क्यामेराहरुलाई राखिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ९ सय वटा ग्रिड हुन्छ । त्यसैले एकै पटकमा सबै ग्रिडमा क्यामेरा राख्न सम्भवन नुहुने हुँदा १५ दिनपछि स्थान परिवर्तन गरेर क्यामेरा राख्ने गरिएको हो ।

एक पटकमा ४ सय ८० वटा क्यामेरा २ सय ८० ग्रिडमा राख्ने विभागको तयारी रहेकोे निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । साथै उहाँले बाघ गणना अबधि भर क्यामरा छुने हटाउने काम नगर्न सम्पुर्णलाई अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: