वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बर्दियामा सुटिङ गरिएको थारु भाषाको गीत ‘तेल्लार बोली…’सार्वजनिक

        भगतराम थारु   |   प्रकाशित मिति: बिहिबार, मंसिर २८, २०७४ ।    

नेपालगन्ज, बांके।
थारु क्षेत्रका उदयमान थारु गायक विश्व सागर परियारको तेल्लार बोली तुहिन भर्म केल लागल हो बोलको गित आज सार्वजनिक भएको छ । पछिल्लो समयमा थारु गित संगितमै दिनरात लागिपर्ने गायक परियारले पछिल्लो समयमा धमाधम थारु गितको भिडियो सार्वजनिक गर्दै आएका छन् । उनले संगित र श्वर दिएका गित थारु गाउँमा घन्किने गरेको छ । परियार र गायीका सुमन चौधरीले पछिल्लो समयमा सयुक्त रुपमा थारु गायनतर्फ आकर्षित भएरै चर्चामा आएका छन् । गायक परियार बाँकेको दुर्गम बस्ति भनेर चिनिने बैजापुर र गायीका सुमन चौधरी कैलालीमा जन्मे पनि थारु गित संगितले उनिहरु विचको सम्बन्ध नजिक गरेका छ ।

तेल्लार बोली बोलको गितमा मोडेल विवश चौधरी र रविना चौधरीले मोडेल गर्नुभएको छ भने क्यामरामा रामु चौधरीले साथ दिएका छन । गितको डाइरेक्टर विवश चौधरी आफैले गरेका छन भने मेकअपमा मिना चौधरी र सम्पादनमा आरकेसीले गरेका छन । तेल्लार बोली बोलके भन्ने गितको सुटिङ बर्दियाका विभिन्न ठाउँमा भएको गायीका सुमन चौधरीले बताईन । एक चो आइलभ यु कहो इ ज्यान तुहार हो भन्ने बोलको गितको सुटिङ सकेपनि शनिवार यसको भिडियो सार्वजनिक हुने गायक विश्व सागर परियारले बताए । पछिल्लो समयमा गायक परियारले चर्चित थारु गीतहरुमा स्वर दिएर चर्चा कमाउन सफल छ्न । गायक परियार र गायीका सुमनले कोइ महिन फेसबुक म च्याट कर्हो दिहाल मोर फ्ल्याक किस क्याच कर्हो, कहो न का तुहिन कर्ना विचार बा र टेल्लार बोली बोल्के दिवाना बनैलो काजे छैली तु महिन विचमा छोर्लो लगायत दर्जनौ बोलको गीतमा श्वर दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: