वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

५० हजार ५५५ मत सहित भारी मत अन्तरले बर्दिया-२मा सन्तकुमार थारु विजयी

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४ ।    

बर्दिया।
प्रतिनिधि सभा सदस्यका लागि बर्दियाको क्षेत्र नं २ बाट बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सन्तकुमार थारु भारी मतअन्तरले विजयी भएका छन । उनी ५० हजार ५५५ मत सहित १३ हजार ८२० मत अन्तरले विजयी भएका हुन । उनका प्रतिश्पर्धी लोकतान्त्रिक गठ्बन्धनका गोपाल दहितले ३६ हजार ७३५ मत प्राप्त गरेका छन । १ लाख ३३ हजार ११५
कुल मतदाता रहेको क्षेत्र नं २ मा ८७ हजार ३४३ सदर मत गणना भएका थिए ।

विजयी घोषणा भएसँगै अहिले गुलरियामा विजयी जुलुस निकालिएको छ ।

प्रतिनिधि सभा -२
सन्तकुमार थारु: ५०,५५५
गोपाल दहित: ३६,७३५
कुल मतदाता: १,३३,११५
हालसम्म सदर गणना भएका मत: ८७,३४३

प्रतिक्रिया दिनुहोस्: