वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

समानुपातिक तर्फ को अगाडी को पछाडी ?

        एजेन्सी   |   प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४ ।    

बर्दिया। निर्वाचन आयोगले आइतवार बिहान १० बजेसम्म उपलब्ध गराएको परिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै जस्तो देखिएका छन्।
प्रतिनिधि सभाको समानुपातिक तर्फ १ लाख ९२ हजार ४३५ मत गणना भइसक्दा एमालेले ७५ हजार ४ सय मत पाएको छ।
एमालेपछि सत्तारुढ नेपाली कांग्रेसले ७१ हजार ३ सय मत पाएको आयोगले जनाएको छ।
माओवादी केन्द्र र उसको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाहरुले ३० हजार ३६२ मत पाएको छन्।

नयाँ शक्ति पार्टी नेपालले ५ हजार २५१ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३ हजार ४८५ मत पाएका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४ सय र विवेकशील साझा पार्टीले ८५८ मत ल्याएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: