वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

१४ किलो चरेश सहित ४ जना पक्राउ

        भगतराम थारु   |   प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४ ।    

नेपालगन्ज,बाँके।
१४ किलो चरेश सहित संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जको टोलीले ४ जनालाई पक्राउ गरेको छ ।
शुक्रवार राती करिव ११ बजे विशेष सुचनाको आधारमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीबाट १४ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जाजरकोट कुसे गाउँपालिका पजारु ८ बस्ने २७ बर्षिय अर्जुन बस्नेत, सोही ठाउँका ३० बर्षिय राम बहादुर खत्री, २२ बर्षिय प्रेम बहादुर खत्री र सोही ठाउँकै ४३ बर्षिय प्रेम बहादुर खत्रीलाई पक्राउ गरि संघिय प्रहरी इकाई कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गर्दै संघिय प्रहरी ईकाईका डिएसपी नान्ती राज गुरुङले १४ किलो लागुऔषध चरेश सहित ४ जनालाई विशेष सूचनाको आधारमा पक्राउ गरेको जानकारी गराउनुभयो । पक्राउ परेकालाई थप अनुसन्धान गरि कानुनी कारवाही गरिने डिएसपी गुरुङले जानकारी दिए ।

पक्राउ परेका चारै जना माथि प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको जानकारी गराएको छ । आफुहरुले ५ हजारको लोभमा ठुलै झमेलामा परेको पक्राउ परेका एक जनाले दुखेसो पोखे । ५ हजार रुपैया दिन्छु भनेर अन्यत्र ठाउँमा पु¥याउन लगाएको र आफु त्यसै क्रममा पक्राउ परेको उनले बताए ।
पहिले दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो बाटोमा दुई जनालाई भेटाएपछि एउटै गाउँका हुन भनेर दुई जनालाई पनि पक्राउ गरेको पक्राउ परेका मध्येका एक जनाले भने । हामीहरुको केही दोष छैन त्यही पनि हामीलाई समातेर ल्याएको उनले पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया दिनुहोस्: