वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दियामा बाम गठबन्धनको अग्रता कायमै: २ देखी ३ हजार मतले अघि [अपडेट]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ ।    

बर्दिया ।
शुरुवातदेखी नै अग्रता लिएका बाम गठबन्धनका उम्मेदवारहरुको मत फरक झन-झन बढ्दै गएको छ । अहिले यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ मा बामदेव गौतमले २ हजार मत अन्तरले अग्रता लिएका छन। बामदेव गाैतमले १३,३८९ मत प्राप्त गर्दा उनका प्रतिश्पर्धी संजय गाैतमले ११,३५५ मत प्राप्त गरेका छन ।
त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा बाम गठ्बन्धनका सन्तकुमार थारुले १४,६८८ मत ल्याउदा गोपाल दहितले ११,९४० प्राप्त गरेका छन ।

त्यसैगरी प्रदेशसभा १(१) मा सुर्य (कबिराम थारु) को १३,८५५ मत छ भने रुख (साेदे बिष्ट) को १०,५८० मत छ ।

प्रदेशसभा २(२) अन्तरगत दिपेश थारु (राजेश) को १५,१९८ मत आउँदा नाचुराम चाैधरीले ११,४७१ मत प्राप्त गरेका छन ।

बिहान ६:०० | २३ मंसिर २०७४ ।

प्रतिक्रिया दिनुहोस्: