वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बोल्न नसक्ने १ सय वर्षीया फगुनी थारुले भोट हाल्ने इच्छा देखाएपछि…

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २१, २०७४ ।    

ठाकुरबाबा,बर्दिया।
बोल्न नसक्ने बर्दियाकी १ सय वर्षीया फगुनी थारुले ३ किलोमिटर बोकिएर भोट हाल्नुभएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मानपुरकी सय वर्षकी फगुनी थारुले चुरे माविको ‘ख’ केन्द्रबाट मत हाल्नुभएको हो । बोल्न नसक्ने फगुनीले भोट हाल्ने इच्छा देखाएपछि नाती दिनेश थारुले बोकेरै मतदान केन्द्रमा पुर्‍याउनुभएको थियो ।

यो अवसर नै भोट हाल्ने अन्तिम अवसर हुन सक्ने भन्दै हजुरआमाले भोट हाल्ने इच्छा देखाएकाले ३ किलोमिटरको बाटो बोकेर हजुरआमालाई मतदान केन्द्रमा ल्याएको नाती दिनेशले जानकारी दिनुभयो । फगुनी थारुलाइ मत हाल्न र बाकसमा खसाल्न नातीले नै सघाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: