वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

मतदान गरेपछि प्रतिश्पर्धी दुई गौतमले कस्तो प्रतिकृया दिए ? हेर्नुहोस् भिडियो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २१, २०७४ ।    

ठाकुरबाबा,बर्दिया।
बर्दियाबाट चर्चित र मुख्य प्रतिश्पर्धी उम्मेदवारहरु एमाले उपाध्यक्ष वामदेव गौतम, सिँचाई मन्त्री संजयकुमार गौतम, भुमिसुधार मन्त्री गोपाल दहित र विना विभागिय मन्त्री सन्तकुमार थारुले आ-आफ्नो केन्द्रबाट मतदान गरेका छन् ।

वामदेव गौतमले वाँसगढी नगरपालिका वार्ड नम्वर ८ स्थित त्रिभुवन मावि ककौरा केन्द्रबाट, सञ्जयकुमार गौतमले गुलरिया नगरपालिका वार्ड नम्वर ५ स्थित वालमन्दिर केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै गोपाल दहितले राजापुर नगरपालिका वार्ड नम्वर २ स्थित ज्ञानज्योति प्रावि सोहरिया मतदान केन्द्र र सन्तकुमार थारुले बाह्रबर्दिया नगरपालिका वार्ड नम्वर २ स्थित युवक मावि जोगीगाउँबाट मतदान गरेका हुन् ।

मतदान सकेर बाहिर निस्केपछि पत्रकारहरुसँग बोल्दै प्रतिनिधि सभा सदस्यका लागि बर्दिया क्षेत्र नं १ का प्रतिश्पर्धी दुई गौतमहरुले दिएको संक्षिप्त प्रतिकृया हेर्नुहोस् ।

भिडियो हेर्नुहोस्:

बामदेव गौतम:

सञ्जय गौतम:

प्रतिक्रिया दिनुहोस्: