वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियामा निर्वाचन शान्तिपूर्ण रुपमा चल्दै: ‘हेभीवेट’ले गरे मतदान

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २१, २०७४ ।    

यादव आचार्य/गुलरिया।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचन बर्दियामा शान्तिपूर्ण रुपमा भैरहेको छ । जिल्लाका ८ वटै स्थानिय तहहरुमा २ वटा प्रतिनिधि र ४ वटा प्रदेशसभा सदस्य पदका लागि कडा सुरक्षा बिच निर्वाचन शान्तिपूर्ण रुपमा सन्चालन भईरहेको बताईएको छ ।
मतदाताहरु बिहानैदेखि लाईनमा बसेर मतदान गर्दैछन् । बर्दियामा कुल २ लाख ७२ हजार ४७७ मतदाता छन् । बर्दियाका १ सय ५३ मतदान स्थल अन्तरगत ३ सय २९ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । जिल्लाको ७५ वटै वार्डहरुमा निर्वाचन शान्तिपूर्ण भैरहेको छ ।


बर्दियामा खुला सिमाना, भौगोलिक विकटता, जंगलक्षेत्र लगायत वन्यजन्तुको संवेदनशिलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारीएको छ । बर्दियाबाट हेभिवेटका उम्मेदवार एमाले उपाध्यक्ष वामदेव गौतम, सिँचाई मन्त्री संजयकुमार गौतम, भुमिसुधार मन्त्री गोपाल दहित र विना विभागिय मन्त्री सन्तकुमार थारुले आआफ्नो केन्द्रबाट मतदान गरेका छन् ।


वामदेव गौतमले वाँसगढी नगरपालिका वार्ड नम्वर ८ स्थित त्रिभुवन मावि ककौरा केन्द्रबाट, सञ्जयकुमार गौतमले गुलरिया नगरपालिका वार्ड नम्वर ५ स्थित वालमन्दिर केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै गोपाल दहितले राजापुर नगरपालिका वार्ड नम्वर २ स्थित ज्ञानज्योति प्रावि सोहरिया मतदान केन्द्र र सन्तकुमार थारुले बा¥हबर्दिया नगरपालिका वार्ड नम्वर २ स्थित युवक मावि जोगीगाउँबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: