वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

दोश्रो चरणको चुनाव: बर्दियाका ७५ वडाका ३ सय २९ केन्द्रहरुमा मतदान हुँदै

        श्रेष्ठ समनश्री   |   प्रकाशित मिति: बिहिबार, मंसिर २१, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
गणतन्त्र स्थापनापछि संबिधान सभाबाट नयाँ संबिधान लेखिएसंगै देशले केही महिना अघि स्थानिय तहको निर्वाचन सम्पन्न गरि पहिलो पटक प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा आज सम्पन्न गर्न लागेको छ । पहिलो चरणमा मंसिर १० गते ३२ वटा जिल्लाहरुमा मतदान सम्पन्न भईसकेको छ भने बाँकी रहेका ४५ वटा जिल्लाहरुमा आज बिहान ७ बजेदेखी सांझ ५ बजेसम्म मतदान चल्ने निर्वाचन आयोगले जनाएको छ ।

आज हुने मतदानमा बर्दियाका ७५ वडाहरुमा रहेका १५३ निर्वाचन स्थल अन्तरगत ३२९ वटा मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखी सांझ ५ बजेसम्म मतदान कार्य चल्ने छन। बर्दियामा प्रतिनिधि सभा क्षेत्र नं-१ मा पर्ने ३८ वटा वडाहरुमा १ लाख ३९ हजार ३६२ जना र क्षेत्र नं-२ अन्तरगत ३७ वटा वडाहरुमा १ लाख ३३ हजार ११५ जना गरी कुल २ लाख ७२ हजार ४ सय ७७ जना मतदाताहरु रहेको जिल्ला निर्वाचन आयोग बर्दियाको पछिल्लो तथ्यांक छ । कार्यालयका अनुसार कुल मतदाता मध्य १ लाख ३८हजार ०४३ महिला छन भने १ लाख ३४हजार ४२८ जना पुरुष मतदाता रहेका छन । त्यस्तै निर्वाचन आयोग बर्दियाले दिएको तथ्यांक अनुसार प्रदेश सभाको क्षेत्र नं १ (क) मा ७० हजार १ सय ९३ जना, १(ख) मा ६९ हजार १ सय ६९ जना र क्षेत्र नं २ (क)मा ७०हजार ९सय ५५ जना, २(ख) मा ६२हजार १ सय ६० जना मतदाताहरु रहेका छन ।

आज हुने दोश्रो चरणको चुनाव अनरगत प्रतिनिधि सभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान हुँदैछ । आज हुने निर्वाचन सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारीहरु खटिएको आयोगले जनाएको छ । आजको चुनावमा कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता रहेका छन ।
यसैगरी पहिलो चरणमा प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रका ४ हजार ४६५ मतदान केन्द्रमा मतदान भएको थियो । यो निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका थिए ।

पहिलो चरणमा सम्पन्न भएको चुनावको मत पेटिकाहरु जिल्लाहरुमा आईसकेकाले आजै सांझ ५ बजेबाट मत गणना सुरु हुनेछ भने आजको चुनावको मत पेटिका गणनास्थलमा समयमै पुगेमा सर्वदलिय बैठकबाट सके आजै साँझबाट नभए भोली बिहानैबाट मत गणना कार्य शुरु हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: