वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियामा उच्च सुरक्षा सतर्कताका साथ निर्वाचनको तयारी पुरा

        प्रेम बुढा   |   प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४ ।    

मधुवन, बर्दिया ।
भोली हुन लागेको दोस्रो चरणको प्रतिनिधी र प्रदेशसभाको निर्वाचनका लागि बर्दियामा सबै तयारी पुरा भएको जनाईएको छ ।
खुला सिमाना र जंगलनजिक मतदान केन्द्र भएका कारण सम्भावित घटना बढने भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । मतदान केन्द्रमा आएका अपांग, वृद्ध–वृद्धा, गर्भवती, अशाहय, बिरामीलाई छुट्टै लाइनको व्यवस्थापन गरिएको छ ।

बर्दियामा १ सय ५३ वटा मतदान स्थल मध्ये ५७ वटा अति सम्वेदनशिल रहेका छन् भने ४२ संबेदनशिल र ५४ वटा सामान्य छन् ।

शसस्त्र प्रहरी र नेपाली सेनाले पेट्रोलिङलाई तिव्रता दिएका छन् । सुरक्षा निकायका आफ्ना आफ्नै मोबाईल टोली परिचानल भएका छन । यस अघि भएको स्थानिय तहको निर्वाचनमा जुन क्षेत्रमा घटना घटेका थिए ती क्षेत्रमा प्रहरीले बढी सुरक्षा फौज परिचालन गरेको प्रहरी प्रमुख एसपी जनक भट्टराइले जानकारी दिए ।

भोली निर्वाचनलाई सुरक्षित भयरहित र शान्तपुर्वक बनाउन बर्दियामा १५ सय म्यादी, ६ सय जनपद प्रहरी, ७ सय सशस्त्र र ६ सय नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । सुरक्षा निकाय र मतदान स्थलमा करिब चार हजार कर्मचारी खटिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: