वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

‘विकास र सम्बृद्धिका लागि बर्दियाली जनताले बाम गठबन्धनलाई जिताएर छोड्ने उद्घोष’

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, मंसिर १८, २०७४ ।    

भुरिगाउँ, बर्दिया।
बाम गठबन्धनको विशाल चुनावी सभा आज बर्दियाको भुरिगाउँमा सम्पन्न भएको छ । सभामा बोल्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं-१ का उम्मेद्वार बामदेव गौतम, क्षेत्र नं २ का उम्मेद्वार सन्तकुमार थारु र प्रदेश सभा क्षेत्र नं २’क’का उम्मेदवार कुलप्रसाद पोख्रेलले बर्दियाको विकास र सम्बृद्धिको लागि बाम गठबन्धनलाई बर्दियाली जनताको भरपुर साथ रहेको र यो चुनावमा बाम गठबन्धनका सबै उम्मेद्वारलाई जिताएरै छाड्ने उद्घोष गरेका छन ।

ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँमा सम्पन्न बाम गठबन्धनको बृहत चुनाबी सभालाई सम्बोधन गर्दै बर्दिया क्षेत्र- १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहनुभएका एमाले उपाध्यक्ष बामदेव गौतमले लामो समयदेखि आफुहरुले मजदुर र मुक्तकमैयाका विषयमा आवाज उठाउँदै आएका कारण बर्दियाली जनताको साथले वाम गठबन्धनले जीत हाँसिल गर्ने दाबी गरे ।

बाम गठबन्धनबाट बर्दिया क्षेत्र- २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार सन्तकुमार थारुले बर्दियाको चौतर्फी बिकासका निम्ती आफु सधै लागि पर्ने बताएका छन ।  थारुले प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा आफ्नो सरकारले जितेमा सैनावार, डुम्रेनी कर्मला शिवपुर, ठाकुरद्वारामा बन्यजन्तु बाहिर आउनबाट रोक्नको लागी पक्की पर्खाल बनाउने बताएका छन ।

चुनावी सभालाई सम्बोधन गर्दै थारुले बाम गठबन्धनको सरकार बनेपछी बर्दियाका बिभिन्न ठाउँका ग्राबेल बाटोलाई पिच बनाउने, मुक्तकमैया, कमलरी एकल महिला बृद्धबृद्धालाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
उक्त विशाल चुनावी सभामा नेकपा एमाले केन्द्रिय सदस्य दल बहादुर सुनार, ठाकुरबाबा नगरपालिकाका मेयर घन नारायण श्रेष्ठ, उपमेयर कृष्ण कुश्मा थारु, माओबादी केन्द्रका पोलिटब्यरो सदस्य तथा बारबर्दियाका मेयर दुर्गा थारु, संयुक्त वाम गठबन्धनका जिल्ला कार्यदल सदस्य चित्रप्रसाद खनाल, भीम केसी लगायतको सहभागितामा थियो ।


यसैबिच नयाँ शक्ति पार्टीले पनि राजापुरमा चुनाबी सभा सम्पन्न गरेको बर्दिया क्षेत्र नम्मर २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार मोहनलाल चौधरीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्: