वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

हिमालय सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यहरु सम्मानित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, मंसिर १८, २०७४ ।    

बगनाहा, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद खरेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकोे हो ।


संस्थाकी प्रबन्धक सावित्री कुमारी श्रेष्ठद्वारा प्रस्तुत प्रतिबेदन अनुसार १७५१ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७३÷७४ मा २२ लाख ५ हजार ४ रुपैया नाफा आर्जन गरि ५ लाख ५१ हजार २५१ रुपैयाँ राज्यलाई कर तिरेको छ । संस्थाको कुल शेयर १ करोड ३२ लाख ३८ हजार पुगेको छ ।


संस्थाले साधारणसभाको अवसरमा संस्थाका १० जना जेष्ठ शेयर सदस्यहरु, शेयर कारोबार, उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणी, उत्कृष्ठ ग्राहक सदस्य, सबैभन्दा बढी कारोबार गर्ने शेयर सदस्य, ब्यवसायिक रुपमा सफल सदस्यहरुलाई सम्मान गरिएको छ ।


बर्दिया जिल्ला कार्य क्षेत्र रहेको सहकारी संस्थाले नियमित कारोबारमा बचत संकलन तथा ऋण लगानी, रासायनिक मल बिक्री, विउविजन बिक्री, एकिकृत कृषि फर्म, बंगुरपालन तथा सुपथ मूल्य पसल संचालन गर्दै आई रहेको छ । साथै संस्थाले सामाजिक कार्यक्रम उत्तरदायित्व बहन अन्र्तगत शेयर सदस्यहरुलाई सुत्केरी स्याहार रकम, काजकिरिया खर्च, तरकारिको बिउ वितरण, शिक्षा तालिम तथा छात्रवृत्ती वितरण लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: