वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

‘बर्दिया ठाकुरद्वारा…’तोरी बारीमा’…पछि अब ‘पिरतीको गोली…’ हान्दै ॠषि

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, मंसिर १८, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
“बर्दिया ठाकुरद्वारा…साह्रै राम्रो मायाको मुहार… ” गीतबाट एकाएक लोक दोहोरीको क्षेत्र र “तोरी बारीमा…” गीतबाट लोक पपको क्षेत्रमा आफ्नो कब्जा जमाएका बर्दियाका प्रतिभाशाली गायक ॠषि खड्काको अर्को धमाकेदार गीत बजारमा आउने क्रममा रहेको बताईएको छ ।

भिडियोको सुटिङ सकिएर एडिटिङमा रहेको “पिरतिको गोली…” बोलको गीत बजारमा अब छिट्टै आउन लागेको निर्माण पक्षले जनाएको छ। यो गीत चिसो मौसमलाई मज्जाले तताउने खालको रहेको गायक खड्काले बताए । लय, शब्द र स्वर ऋषि खड्काको आफ्नै रहेको गीतमा नितु राजख्बानले गायनमा साथ दिएकी छिन ।
भिडियोमा अनिल शाही,रितु पोख्रेल, लक्ष्यण राजख्बानको अभिनय रहेको र भिडियोको निर्देशन अनिल शाहीले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: