वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

राजापुरमा नमुना मतदान उत्साहपूर्ण

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४ ।    

राजापुर,बर्दिया ।
बर्दियाको भौरा क्षेत्रमा आज स्थानियबासीहरुको उल्लेख्य उपस्थितिमा नमूना मतदान सम्पन्न गरिएको छ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न राजापुर नगरपालिकाको वडा नं. १० खैरी चन्दनपुरमा रहेको जनचेतना मा वि मंगलपुर र गेरुवा गाउपालिकाको वडा नं.६ मनाउ लाहोरपुरमा रहेको प्रा वि विद्यालयमा नमूना मतदान गरिएको हो ।


यो क्षेत्रमा मतदान गरिएका बदर हुने मतहरुमा कमी गर्न र स्थानियमा निर्वाचनको महत्व बुझाउन नमूना मतदानको अभ्यास गरिएको बताईएको छ । नमूना मतदान कार्यक्रममा स्थानियवासी, ७० देखि ९० वर्ष सम्मका वृद्ध, अपाङ्ग, पत्रकार लगायत २ सय बढी मतदाताले नमूना भोट खसालेका थिए । उम्मेद्वारहरुले स्थानिय समस्यालाई समाधान गर्ने लगायतको विकासे योजना ल्याउनु पर्ने बताएका थिए ।


नमूना मतदानमा स्थानिय जनप्रतिनिधि तथा राजनीनिक दलका प्रतिनिधिहरुलाई बोलाईए पनि उनिहरुको उपस्थिति भने थिएन । यसरी मतदान कार्यमा सक्रिय सरिक हुनु पर्ने विभिन्न पाटीका स्थानिय नेता कार्यकर्ताको उपस्थिति नहुनु दुःखको कुरा भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बर्दियाले आयोजना गरेको नमूना मतदान कार्यमा साझेदारी विकास परियोजना USAID ले गरेको थियो भने कार्यक्रमको समन्वय थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: