वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

शैक्षिक महोत्सवको तिब्र तयारी

        भगतराम थारु   |   प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४ ।    

नेपालगन्ज,बाँके।
नेपालगन्जको कारकांदोस्थित सडक डिभिजन परिसरमा यही मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म सन्चालन हुने शैक्षिक महोत्सवको तयारी तिब्र पारिएको छ ।
महोत्सवको तयारीका लागि व्यवसायीहरु घनीभूतरुपमा लागेको महोत्सव मूल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीले बताउनुभयो । महोत्सवका लागि स्टल बुकिंग अन्तिम चरणमा पुगेको छ भने स्टल निर्माणको काम धमाधम भइरहेको छ । महोत्सवमा मनोरन्जनका साथै बिशेष गरी शिक्षाप्रद पुस्तक तथा मसलन्द सामाग्रीहरुको प्रदर्शनी हुनेछ । उक्त महोत्सवमा दुई लाख बढि दर्शक भित्राईने छ भने १ सय ५० बढि स्टलहरु रहने छ । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने महोत्सव मूल आयोजक समितिका संयोजक अधिकारीले बताउनुभयो ।
महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिने पस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सल्लाहकर एवं प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् । महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने, पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्बद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ । प्रथम पटक २०६४ सालमा बुटवलबाट शुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव क्रमश: २०६६ मा पुन: बुटवल, दोस्रो २०६७ धनगढी, २०६८ चितवन, २०६९ पोखरा,२०७१ झापा, २०७२ मा ग्लोबल एक्पोजिसन संघको संयुक्त आयोजनामा काठमाण्डौ ,२०७३ मा दाङ हुदै आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव बा“केको नेपालगन्जमा गर्ने तयारीका भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्: