वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

प्रहरी चौकीबाट थुनुवा फरार

        छापाबाट   |   प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४ ।    

बारबर्दिया, बर्दिया ।
बारबर्दियास्थित कतरनिया चौकीबाट बुधवार विहान एक थुनुवा फरार भएका छन् । श्रीमतीसँग झगडा गरेको उजुरीको आधारमा मंगलबार राति पक्राउ गरि ल्याएका बारबर्दिया–९ का राजु काफ्ले फरार भएको प्रहरीले जनाएको छ ।

हतकडी लगाएका उनी फरार भएका थिए । प्रहरीले हतकडी भने फेला पारेको छ । फरार थुनुवा काफ्लेको खोजी भई रहेको प्रहरी उपरिक्षक जनक भट्टराईले बताए । काफ्ले माओवादीका पुर्वलडाकु हुन् ।

कमल पन्थीले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: