वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

कटुवा पेस्तोल र भरुवा बन्दुक सहित भारतीय नागरिक पक्राउ

        भगतराम थारु   |   प्रकाशित मिति: सोमवार, मंसिर ११, २०७४ ।    

नेपालगन्ज |
दुई थान कटुवा पेस्तोल र एक थान भरुवा बन्दुक सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बहराईच जिल्ला रुपैडिहा केवलपुर बस्ने पर्शुराम पासीलाई दुई थान कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो ।

डुडुवागाउँपालिका ६ स्थित राजेन्द्र लोनियाले भारतबाट पेस्तोल मगाएको पासीले प्रहरीलाई बयान दिएका छन् । लोनियाको घरमा लुकाई राखेको एक थान भरुवा बन्दुक समेत प्रहरीले फेला परेको छ । लोनिया भने फरार रहेको प्रहरीले जनाएको छ ।

भारतबाट ल्याउदै गरेको अवस्थामा डुडुवा गाउँपालिका ६ स्थितबाट आज विहान जिल्ला प्रहरी कार्यालय र हिरमिनिया प्रहरी चौकीको सयुक्त टोलीले पासीलाई पक्राउ गरेका थिए । पक्राउ परेका पासीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा थप अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: