वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

राजापुरमा जेष्ठ नागरिक वडा समितिको गठन

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४ ।    

राजापुर,बर्दिया।
राजापुरमा जेष्ठ नागरिक समाजले नगरपालिका भित्रका १० वटै वडामा जेष्ठ नागरिक वडा समितिको गठन आरम्भ गरेको छ ।
राजापुरमा जेष्ठ नागरिक समाजले गरेको निर्णय अनुसार नगरपालिका भित्रका प्रत्येक वडामा समिति गठन सुरु गरेको हो । आज वडा नं.-८ मा पहिलो वडा समिति गठन गरिएको जेष्ठ नागरिक समाज राजापुरले जनाएको छ । जेष्ठ नागरिक समाज राजापुरका अध्यक्ष रणचन्द्र चौलागाईको सभापतित्वमा सम्पन्न वडा समिति गठन कार्यक्रममा वडा नं. ८का स्थानिय जेष्ठ नागरिक चमनलाल थारुको अध्यक्षतामा १४ सदस्सीय नयाँ वडा समितिको चयन गरिएको छ ।
जेष्ठ नागरिक समाजकको भवन घरमा भएको कार्यक्रममा नगर भित्रका ५० जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । वडा समिति गठन कार्यक्रममा सहजिकरण जेष्ठ नागरिक समाजका सचिव प्रजापति न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: