वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

ओली र प्रचण्ड बर्दिया आउँदै

        सुदीप अधिकारी   |   प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
गुलरियामा भोली (मंसिर ११ गते) हुने वाम गठबन्धनको चुनावी जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बर्दिया आउने भएका छन् । वाम गठबन्धनका यी दुई शिर्ष नेताले सम्बोधन गर्ने उक्त चुनावी सभा एतिहासिक हुने बताइएको छ ।

चुनावी सभालाई भब्य बनाउन ब्यापक तयारी भइरहको बताइएको छ । वाम गठबन्धनले जिल्लाका सबै क्षेत्रबाट चुनावी सभामा आफना कार्यकर्ता उतार्ने तयारी गरिरहेको बताएका छन् । चुनावी जनसभा सदरमुकाम गुलरियाको टाउन हलमा हुने बताइएको छ । सभा दिउँसो १२ बजेबाट सुरु हुनेछ । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले जिल्ला कमिटी सचिब शालीकराम अधिकारीले जानकारी दिए । शिर्ष नेताद्वय भैरहवाको चुनावी सभा सम्बोधन गरेर बर्दिया आउने बताइएको छ ।

चुनावी सभामा वाम गठबन्धनले करिव ५० हजार कार्यकर्ता उतार्ने तयारी गरिरहेको पार्टी सचिब अधिकारीले बताए । बर्दियामा वाम गठबन्धनका दुई शिर्ष नेताले चुनावी सभालाई सम्बोधन गर्ने पूर्व तालिका नभएता पनि जिल्लाका नेता तथा कार्यकर्ताको आग्रहमा दुई शिर्ष नेता बर्दिया आउन लागेका हुन् । ‘पहिलेदेखि नै समय मागी रहेका थियौँ । उहाँहरुको व्यस्तताले मिलेको थिएन । धेरै प्रयास पछि भोली (मंसिर ११ गते ) को समय मिल्यो । उहाँहरु आउने भएपछि सबै नेता कार्यकर्तामा उत्साह थपिएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सचिब शालीकराम अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्: