वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

भारत लगायतका देशबाट आउने कुरकुरेमा रोक लगाउन आदेश

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४ ।    

काठमाडौँ ।
भारत लगायतका देशबाट आयात हुने कुरकुरेलाई नेपाल आयातमा रोक लगाइने भएको छ । विदेशबाट आयात हुने कुरकुरे आयातमा रोक लगाउन पाटन उच्च अदालतले आदेश दिएपछी नेपालमा भारत र अन्य मुलुकबाट आउने कुरकुरे बिक्रि नहुने भएको हो ।

नेपालमा दुगड स्पाइस एण्ड फूड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहु मिल्ने कुरकुरे नामकै खाद्य पदार्थ भारत लगायत तेस्रो मुलुकबाट आयात भैरहेकाले रोक लगाउन अदालतमा रिट दर्ता गरेको थियो । रिटमा सुनुवाई हुँदै अदालतले दुगडका पक्षमा फैसला गरेपछि अन्तत: नेपालमा भारत र अन्य देशबाट आउने कुरकुरे रोक हुने भएको छ ।

श्रोत: न्युज २४

प्रतिक्रिया दिनुहोस्: