वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दिया जिल्ला कारागार सेनाको जिम्मा

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४ ।    

गुलरिया, बर्दिया ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर राख्दै बर्दिया जिल्ला कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सरकारको निर्देशनअनुसार अति संवेदशनशील मानिएको कारागारमा सेनाले सुरक्षाको जिम्मा लिएको छ । यसअघि नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिँदै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईका अनुसार निर्वाचन अवधिका लागि नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा २५ जना परिचालित भएका छन् । निर्वाचन सकिएपछि कारागारमा तैनाथ नेपाली सेना फर्किने प्रजिअ भट्टराईले जनाए । जिल्ला कारागार सदरमुकाम गुलरियास्थित तुलापुरमा पर्दछ । सुरक्षाको दृष्टिले कारागार एकान्तमा रहेकोले संवेदनशील मानिन्छ ।

– कमल पन्थीले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: