वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियाबाट विप्लव समुहका ११ जना कार्यकर्ता पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न हुन सक्ने आशंकामा नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्तालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाका डिएसपी युवराज खडका का अनुसार बर्दियाका विभिन्न ठाउँबाट बिप्लव समुहका ११ जना कार्यकर्तालाई पक्राउ गरीएको छ । उम्मेदवारी मनोनयन पछिका दिनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएर शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो पार्टीका नेता कार्यकर्तामाथि कडा निगरानी समेत राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: