वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दिया प्रहरीमा इजाजत प्राप्त चौध थान हतियार बुझाईयो

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
दोस्रो चरण अन्र्तगत मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय बर्दियाले इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेपछि १४ थान हतियार संकलन भएको छ ।
हतियार राख्न इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयमा गरी १४ थान हतियार बुझाएको बर्दिया प्रहरीले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले हतियार बुझाउन सूचना जारी गरेको थियो ।
मंसिरको पहिलो साता सम्म हतियार बुझाउने अन्तिम म्याद रहेपनि अझैँ एक हप्ता हतियार बुझाउन फेरी सबैलाई निर्देशन दिएपछी हतियार बुझाउन आउने क्रम बढेको छ । म्याद सकिएपछि हतियार नबुझाउनेलाई खानतलासी गरी हतियार भेटीएमा कानुन बमोजीम कडा भन्दा कडा कार्वाही हुने बर्दिया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: