वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बाँसगढीमा कर अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४ ।    

बासगढी, बर्दिया।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र बाँसगढी क्षेत्रका व्यापारीहरु बिच कर अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम आज बाँसगढीमा सम्पन्न भएको छ ।
बाँसगढी उद्योग बाणिज्य सँघको सहकार्यमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा बाँसगढी क्षेत्रका व्यापारीहरुलाई कर सम्बन्धी अभिमुखिकरण सँगै अन्तरकृया गरिएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज बाँकेका प्रमुख कर अधिकृत जनकराज शर्मा र अधिकृत नवराज पराजुलीले कर भनेको के हो ? कर कति प्रकारका हुन्छन, कर नतिर्दा के कस्तो जरिवाना र कानुन लाग्छ ? कर कसरी तिर्ने ? हिसाव किताव कसरी गर्ने लगायत कर सम्बन्धी अन्तरकृयात्मक प्रशिक्षण गरेका थिए ।
हाम्रो गौरव हाम्रो कर राष्ट्रिय निर्माणमा हाम्रो जोड’ भन्ने नाराका साथ आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज बाँकेले मंसिर १ गते देखि ७ गते सम्म कर सप्ताह गरी मनाउदै आएको छ । बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष कटक बिसिको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी क्षेत्रका व्यापारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: